लसएन्जल्स । आगामी असोज २७ देखि ३० (अक्टोबर १४ देखि १७) सम्म काठमान्डौमा हुन् गैरहेको गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदको अन्तरास्ट्रिय महाधिवेशनमा एनआरएन अमेरिकाको कोषाध्यक्ष तथा वर्तमान आइसीसीको कार्य समितिमा सदस्य रहेका राजेन्द्र शिवाकोटीले कोषाध्यक्ष पदका लागि हिजो लस एन्जल्समा एक कार्यक्रमको आयोजना गरी आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको छ ।
आफूमा भएको अनुभव, दक्षता तथा योग्यतालाई एनआरएन अभियानमा अझ सशक्तढंगले प्रयोग गर्न मैले कोषाध्यक्षमा उम्मेदवारी दिएको हुँ’ आफ्नो उम्मेदवारीबारे शिवाकोटी प्रष्ट्याउँदै भन्छन् ‘सङ्घको कोष पारदर्शी, वैज्ञानिक र प्रभावकारीढंगले चलाउने ज्ञान, सीप र योग्यता सहित अगाडि सरेको छु ।’ उनले एनआरएनको कोष चलाउन सदस्यहरूको सदस्यता शुल्कबाट मात्र भन्दा पनि दीर्घकालीन स्रोतको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपालमा रहँदा बैंकिंग छेत्रमा लामो समय काम गरेका शिवाकोटीले अमेरिकाबाट फाइनान्समा एमविए र एकाउण्टिङमा मास्टर गरेका छन् । विगत १५ वर्षदेखि अमेरिकामा बसेका शिवाकोटीले लस एन्जल्स क्यालिफोर्नियामा लामो समयदेखि लेखा परीक्षण तथा विभिन्न व्यापार व्यवसाय गरिरहेका छन् । शिवाकोटी निर्वाचित भएमा एनआरएनको इतिहासमा पहिलो सिए कोषाध्यक्ष हुने उनले जानकारी दिए । कार्यक्रममा शिवाकोटीले आफू अमेरिकाबाट उपाध्यक्ष पदमा पहिले नै उम्मेद्वारी घोषणा गरी सकेका खगेन्द्र जी.सि. सँग समझदारी गरी उठेको र हातेमालो गर्दै आगामी चुनावी प्रतिस्पर्धामा जान लागेको जानकारी दिए । एनआरएन विश्वको सबै भन्दा बढी सदस्य संख्या भएको एनआरएन भएको अबस्थामा एनआरएनएका दुई महत्वपूर्ण पदमा अमेरिकाबाट दावी गर्नु जायज भएको समेत उहाँले बताउनु भयो ।
कार्यक्रमका सभापति बाणिज्यदुत ऋषि ढकालले शिवाकोटीको उम्मेद्वारी प्रति समर्थन जनाउदै शुभकामना प्रदान गर्नु भयो भने सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न सबैलाई अनुरोध गर्नु भयो ।
कार्यक्रमका सभापति बाणिज्यदुत ऋषि ढकालले शिवाकोटीको उम्मेद्वारी प्रति समर्थन जनाउदै शुभकामना प्रदान गर्नु भयो भने सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न सबैलाई अनुरोध गर्नु भयो ।
नेपाली जन सम्पर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरका अध्यक्ष मदन पाठक, प्रवासी नेपाली मञ्च क्यालिफोर्निया राज्य कमिटिका अध्यक्ष बिजयकुमार कटुवाल, एनआरएन अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष रामबाबु पाण्डे, नेपाल अमेरिका चेम्बर अफ कमर्शका गोकुल पौडेल, नेपाल अमेरिका एकता समाजकी महासचिव इन्दिरा त्रिपाठी, बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने अभियान सञ्चालन गर्ने प्रेम गुरागाईं, पत्रकार तथा एनआरएन आईसिसि भाषा साहित्य समितिका सचिव पुरुषोतम ढकाल, शिवाकोटिका दाजु चन्द्र शिवाकोटी लगायत स्थानीय सङ्घ-संस्थाका प्रतिनिधिहरूले शिवाकोटी आफूले गरेको काम र अनुभवको कारणले सो पदमा योग्य भएको हुँदा उहाँको उम्मेद्वारी प्रति समर्थन जनाउदै शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रम संचालक नेपाली जनसम्पर्क समिति अमेरिकाका पुर्व केन्द्रिय सदस्य हेमराज भट्टले पनि उहाँको उम्मेदवारी प्रति समर्थन गर्दै सबैले आ-आफ्नो ठाउबाट सहयोग गर्न अनुरोध गर्नु भयो। ‘एनआरएनएको आगामी नेतृत्वका लागि विश्वभरबाट दक्ष र अनुभवीहरुको आकाङ्क्षा बढ्नुलाई संस्थाको दीर्घकालीन हितको लागि उचित रहेको बताईन्छ । शिवाकोटीको दक्षता र अनुभवले पनि एनआरएनएको संस्थागत विकाशको लागि थप टेवा मिल्ने यस क्षेत्रका अगुवाहरुको भनाई रहेकोछ ।
















प्रतिक्रिया