काठमाडौं, ७ असोज । प्रमुख स्ट्राइकर लियोनल मेस्सी चल्न नसक्दा डिफेण्डिङ च्याम्पियन बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सिजनको पहिलो हार व्यहोरेको छ ।
बुधबार राति भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग ४–१ को फराकिलो अन्तरले पराजित भएको हो । बार्सिलोनाका लागि नेयमारले एक मात्र गोल गरे ।
सेल्टाभिगोको २६ औं मिनेटमा निलेटोको गोलबाट अग्रता लिएको थियो । ३० औं मिनेटमा लगा अस्पाले गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोलको अग्रता लिएको सेल्टा भियोका अस्पाले ५६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।
खेलको ८० औं मिनेटमा नेयमारले एक गोल गरे । तर, ८३ औं मिनेटमा गाइडिटीले गोल गर्दै सेल्टा भिगोलाई ४–१ को जित दिलाए ।
अर्काे खेलमा रियल मड्रिड विजयी
गएराति नै भएको अर्को खेलमा रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई २–१ ले पराजित गरेको छ । रियलको जितमा दुबै गोल करिम बेन्जिमाले गरे ।
जितसँगै रियल मड्रिड १३ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । समान अंक जोडेको सेल्टाभिगो दोस्रो स्थानमा छ भन बार्सिलोना १२ अंकसहित पाँचौं स्थानमा झरेको छ ।















प्रतिक्रिया