३० आश्विन २०८३, शुक्रबार

भारतको तारापुर बोइसरमा बस्ने सुदूरपश्चिमेलीद्वारा नयाँ संविधानको स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

welcome

महाराष्ट्र । आइतबार साझ नेपालको संविधान २०७२ जारी भएको खुशियालीमा भारतको महाराष्ट्रस्थित तारापुर बोइसरमा बस्ने सुदूरपश्चिमेलीहरुको संस्था ‘सुदूरपश्चिम एकता समाज’ले एक भब्य समारोहको आयोजना गरी शुभकामना आदान–प्रदान गरेको छ ।

नेपाली जनताहरुको वर्षौदेखि आफ्नो संविधान आफै बनाउने धोको जनताका प्रतिनिधीहरुले संविधान सभाबाट पारित गरी ३ असोजमा राष्ट्रपति डा. रामवरण यादवले सार्वजनिक गरेको खुशियालीमा कामको सिलसिलामा सुदूरपश्चिमबाट महाराष्ट्रस्थित तारापुर बोइसरमा रहेकाहरु आपसमा भेला भई शुभकामना आदान–प्रदान र दीपावली गरिएको समाजका सदस्य तथा प्रबक्ता देवराज भट्टले बताए ।

जननिर्वाचित प्रतिनिधिहरुद्वारा बनाइको यो संविधान आफैमा ऐतिहासिक दस्ताबेज भएकोले त्यसको कार्यान्वयनका लागि पनि एकता समाजले आग्रह गरेको छ ।

समाजले संविधान जारी गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपि शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा लगायतका नेताहरुलाई हृदय देखिनै धन्यबाद दिएको छ ।

संविधान लेखेर मात्र कुनै काम नहुने भएकोले राजनीतिक दललाई ब्यवहारमा पनि उतार्नुपर्ने समाज अध्यक्ष पुष्प खड्काले बताए ।

बोइसरमा रहेको होटेल शिल्पामा सम्पन्न सो कार्यक्रम समाजका अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव मोहन खड्का र स्वागत मन्तब्य उपाध्यक्ष टीकाराम महराले गरेका थिए ।