३० आश्विन २०८३, शुक्रबार

मोदीलाई अमेरिकामा कालो झण्डा देखाउने नेपालीहरुको तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narendra-modi

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रंघको महासभामा भाग लिन अमेरिका जान लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध अमेरिकामा रहेका नेपालीहरुले विरोध प्रदर्शन गर्ने भएका छन् ।

नेपाली लोकतान्त्रिक युवा परिषद् अमेरिकाको आयोजनामा अमेरिकामा रहेका नेपालीहरुले संयुक्त राष्ट्रसंघ भवन अगाडि मोदीविरुद्ध शान्तिपूर्ण बृहत विरोध प्रदर्शन गर्न लागेका हुन् । संविधान जारी भएपछि भारतले गरेको अनावश्यक हस्तक्षेपको विरोधमा प्रदर्शन गर्न लागिएको अभियन्तामध्येका एक प्रमोद सिटौलाले सामाजिक सञ्जालमार्फत जनाएका छन् । उनका अनुसार, विरोध प्रदर्शनको समय र स्थान भने तय हुन तय हुन बाँकी रहेको छ ।

यसैगरी, आइतबार अमेरिकाको क्यालिफोर्नियामा पनि मोदीलाई कालोझण्डासम्मको विरोध जनाउने तयारी नेपाली समुदायले गरेका छन् । मोदीविरुद्ध भारतकै शिख समुदायले पनि क्यालिफोर्नियामा विरोध प्रदर्शन गर्न लागिरहेको अमेरिकास्थित नेपाली संचारकर्मी कृष्ण केसीले जानकारी दिए ।

Modi-kalo-jhanda