१ कार्तिक २०८३, शनिबार

लगातारको बन्द हडतालबाट उद्योगी व्यवसायी चिन्तित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Everest-hotelकपिलवस्तु, ५ असोज । कपिलवस्तुको चन्द्रौटा कृष्णनगर आसपासमा सञ्चालित दर्जन बढी उद्योग लगातारको बन्दले निकै मारमा परेका छन् ।

पछिल्लो समय आएर यस ठाउँ औद्योगिक क्षेत्रका रुपमा विकास हुन थालेका बेला विभिन्न समूहले गरेको बन्दले गर्दा करोडाँैको लगानी खेर गएको छ । एकातिर विद्युत् भार कटौतीको मार खेपेका व्यवसायीले पछिल्लो समय सीमाङ्कनलगायतका माग राखी तराईमा जारी आन्दोलनका कारण उद्योग व्यवसाय ठप्प हुँदा थप पीडित बनेका हुन् ।

दैनिक दुई हजार बढीले रोजगारी पाएको चन्द्रौटा कृष्णनगर क्षेत्रका उद्योगी व्यवसायीको अर्बौं रुपैयाँको लगानी छ भने बन्दका कारण यस क्षेत्रमा मात्र दैनिक रु एक करोड बढी घाटा भएको व्यवसायी बताउँछन् ।

यस क्षेत्रमा हाल पाँचवटा सिमेन्ट कारखाना, आधा दर्जन प्लाइ र कपास उद्योग, एकवटा चिनी मिल र दुई वटा रोजिन एन्ड टरर्पेनटाइन उद्योग सञ्चालनमा छन् । यीबाहेक महाशक्ति, कपिलवस्तु र बुद्ध सिमेन्ट उद्योग पनि चल्ने तयारी अवस्थामा छन् तर लगातारको बन्दले उद्घाटन गर्न नपाएको बुद्ध सिमेन्टका प्रबन्धक रवि ढकाल बताउनुहुन्छ ।

यस्तै दुई वटा गुटखा, महालक्ष्मी मल र आधा दर्जन इँटा उद्योगमध्ये कतिपय सञ्चालन भइसकेका छन् भने केही सञ्चालनको तयारीमा छन् । संविधान बनेसँगै सङ्क्रमणकालीन अवस्थाको अन्त्य भई पटकपटकका बन्द, हडतालको मारबाट अन्त्य हुनेमा यहाँका उद्योग व्यवसायी आशावादी बनेका छन् ।

विगतका द्वन्द्वको अन्त्यसँगै पछिल्लो समय आएर चन्द्रौटा कृष्णनगर क्षेत्र औद्योगिक क्षेत्रका रुपमा विकास हुन थालेसँगै उद्योग व्यवसाय फस्टाउन थालेसँगै बन्द हडताल अन्त्य भए सयाँै युवाले रोजगारी पाउनुका साथै देशको अर्थतन्त्रमा समेत टेवा पुग्नेमा व्यवसायी विश्वस्त बनेका छन् । रासस