– एनपी प्रधान (भरत)
साउदी अरब । संबिधानसभाबाट नेपालको संबिधान २०७२ जारी भएको खुशियालीमा साउदी अरबमा रहेका नेपालीहरुले स्वागत गर्दै दिपावली गरेका छन् ।
नेपाली जनसम्र्पक समिति साउदी अरेबियाको संयोजनमा रियादको बथास्थित सगरमाथा रेष्टुरेण्टको सभाहलमा नेपाली समुदायहरु स्वतस्फूर्त रुपमा भेलाभएर संबिधान जारी भएको भन्दै खुशियाली मनाएका हुन् । संबिधान निर्माणको खुशियालीमा दिगो शान्ती र आर्थिक सम्बृद्धिको कामना गर्दै सहभागी नेपालीहरुले सामूहिक रुपमा मैनबत्ती बालेर दिपावली गरेका थिए । दिपावली कार्यक्रममा रियादमा रहेका नेपाली समुदायहरुको बाक्लो उपस्थिती रहेको थियो । दिपावलीको अवसरमा भेलाभएका नेपाली समुदायहरुले एक आपसमा शुभकामना आदान प्रदान समेत गरेका थिए ।
बिभिन्न बाधा र चुनौतिकाबीच दशकौदेखिको नेपालीहरुको चाहनाअनुसार संबिधानसभाबाट संबिधान आएको खुशियालीमा प्रवासी नेपालीहरु भेला भएर दिपावली गरिएको समितिका सभापति चोला प्रसाद पाठकले बताए ।















प्रतिक्रिया