१० कार्तिक २०८३, मंगलबार

हिन्दु यूवाद्धारा धर्मयूद्धको घोषणा, धर्मनिरपेक्षको धारा च्यातियो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dharmaकाठमाडौं, ४ असोज । हिन्दु राष्ट्र स्थापनाको माग राख्दै लामो समयदेखि आन्दोलनरत राष्ट्रिय हिन्दु युवा मञ्च नेपालले धर्म निरपेक्ष संविधान बहिस्कारसहित धर्म यूद्धको घोषणा गरेको छ ।

१७ दिनसम्म राजधानीको खुल्ला मञ्चमा आमरण अनसन कार्यक्रम आयोजना गरेको मञ्चले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीले आफूहरुसँग सहमति गरेर ३६ घण्टाभित्र हिन्दु राष्ट्र कायम गर्ने प्रतिबद्धता ब्यक्तगरे पनि धोका दिएर धर्म निरपेक्ष संविधान जारी गरेको आरोप लगाएको छ । धर्मनिरपेक्षता शब्द संविधानबाट हटाउन दीर्घकालीन धर्म यूद्धको घोषणा गरिएको छ ।

पत्रकार सम्मेलनमा मञ्चले धर्मनिरपेक्ष लेखिएको धारा ४, धर्म परिवर्तनको ब्यवस्था गरिएको धारा २६ लाई च्यातेर यूद्धको घोषणा गरिएको थियो ।

राष्ट्रिय हिन्दु युवा आन्दोलन नेपालका संयोजक सागर कटुावालले षडयन्त्रमुलक रुपमा हिन्दु राष्ट्र हटाइएको भन्दै आफूहरु अब हिन्दु राष्ट्र पुनः स्थापित नहुन्जेलसम्म हिन्दुवादी संघ सस्थाहरुलाई गोलबन्द गरेर धर्म यूद्धमा जाने चेतावनी दिनुभयो । यद्यपि उहाँले आफूहरुको आन्दोलन अहिंसात्मक हुने बताउनुभयो ।

राष्ट्रिय हिन्दु यूवा मञ्च नेपालका संयोजक प्रेमनिधी भारद्धाजले धर्म निरपेक्षता मुलुकप्रतिको गद्दारी भएको भन्दै संविधान पारित गर्दा तालिबजाउने सभासदहरुलाई समेत गद्दार घोषणा गनुभयो । उहाँले सबै हिन्दुवादीहरुलाई एकजुट बनाएर धर्मयूद्ध गर्ने बताउनुभयो ।