३० आश्विन २०८३, शुक्रबार

स्पेनिस ला लिगामा बार्सिलोनाको तेस्रो जित, मेस्सीले गरे गोल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

messi for barcelonaकाठमाडौं, ४ असोज । स्पेनिस ला लिगा फुटबलमा डिफेण्डिङ च्याम्पियन बार्सिलोनाले तेस्रो जित हात पारेको छ ।

सुरुको एक खेल बराबरी खेलेको बार्सिलोनाले आइतबार राति भएको खेलमा लेभान्टेलाई ४–१ ले पराजित गरेको हो । हिजो रातिको खेलमा लिओनल मेस्सीले दुई गोल प्रहार गरेका छन् ।

बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा लेभान्टेले पहिलो हाफमा उसलाई गोलसहित बराबरीमा रोक्यो । तर, ५० औं मिनेटमा वार्टाले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । त्यसको छ मिनेटपछि नै नेयमारले अग्रता दोब्बर पारे ।

६१ औं मिनेटमा बार्सिलोनाले पेनाल्टी पायो, जसमा मेस्सीले सहजै गोल गरे । ६६ औं मिनेटमा लेभान्टेले गोल गर्दै बार्सिलोनाको अग्रतालाई १ गोलले कम बनायो ।

तर, खेलको अन्तिम मिनेटमा मेस्सीले फेरि गोल गरेर बार्सिलोनालाई ४–१ को जित दिलाए ।
जितसँगै बार्सिलोना ४ खेलबाट १२ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा झरेको रियल मड्रिडको समान खेलबाट १० अंक छ ।