
धनगढी, ४ असोज । कैलालीको लम्की बजार क्षेत्रमा बम बिस्फोट भएको छ ।
अज्ञात समुहले आज बिहान साँढे ४ वजे लम्की चुहा नगरपालिका २ स्थित बि लाईनमा सिलिण्डर बम बिस्फोट गराएको हो । बम बिस्फोट भएको कुराको भर्खरै प्रहरीले पुष्टि समेत गरेको छ । ईलाका प्रहरी कर्यालय लम्कीका प्रहरी प्रमुख प्रहरी निरीक्षक जगन्नाथ खनालका अनुसार आज बिहान साँढे ४ बजे सडक छेउको खाली ठाँउमा १५ केजीको सिलिण्डर बम पड्काईएको छ ।
यद्यपी बम बिस्फोटका कारण कुनै पनि मानवीय तथा भौतिक क्षति भएको छैन । घटनाको प्रकृति हेर्दा जनजीवन त्रसित पार्ने उद्देश्यले बम पड्काईएको प्रहरी निरीक्षक खनालको भनाई छ । उहाँका अनुसार घटनाको अनुसन्धान भईरहेको र बम कसले र किन बिस्फोट गराईयो भन्ने बारे केहि खुल्न सकेको छैन । कैलालीमा थरुहट पक्षधरको आन्दोलन डेढ महिना देखि चल्दै आएको छ । अहिले लम्कीको अवस्था सामान्य रहेको अन्य घटना हुन नदिन सुरक्षा ब्यबस्था कडा पारिएको इलाका प्रहरी कार्यालय कैलालीले जनाएको छ ।















प्रतिक्रिया