१० कार्तिक २०८३, मंगलबार

संविधानको एप्स् आयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sansad-4काठमाडौँ, ३ असोज । एनआइटिभी मिडिया प्रालिले नेपालको संविधानको एप्स् निर्माण गरेको छ ।

मुलुकले नयाँ संविधान पाएको खुसियालीमा देशभित्र र बाहिरका नेपालीले निःशुल्क संविधान अध्ययन गर्न पाऊन् भन्ने उद्देश्यले सो एप्स् आज सार्वजनिक गरिएको हो ।

एप्स्मा २००७ सालमा राणा प्रधानमन्त्री मोहन शमशेरले आन्दोलन साम्य पार्न संविधानसभाको घोषणा गरेको सन्दर्भदेखि पछिल्लो पटक संविधानको मस्यौदामाथि मतदान सुरु भएपछिका घटनाक्रमलाई राखिएको कम्पनीका निर्देशक कुशल खड्काले जानकारी दिनुभएको छ । रासस