३० आश्विन २०८३, शुक्रबार

अष्ट्रेलियामा नेपालीहरुले यसरी गरे नयाँ संविधानको स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sambidhan-Australia

सिडनी, ३ असोज । अष्ट्रेलियाको सिड्नीमा रहेका नेपालीहरुले आपसमा खुसीयाली साट्दै नयाँ संविधानको स्वागत गरेका छन् ।

सिड्नीमा रहेका नेपालीहरुले स्वतस्फूर्त रुपमा दीपप्रज्ज्वलनसहित नयाँ संविधानलाई स्वागत गरेका हुन् ।

Sambidhan-Australia1

दीपावलीमा एनआरएनका अभियन्ता भवानी ओली, एनआरएन आइसीसीका पूर्वसदस्य रमेश पाण्डे, एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष महेन्द्र ओली, नेपाली समुदायका अगुवा होम पाण्डे र भुपेन्द्र चुडाल लगायत सहभागी थिए ।

अष्ट्रेलियाको विभिन्न ठाउँमा रहेका नेपालीहरुले यसरी नै नयाँ संविधानको स्वागत गरेका छन् ।