३० आश्विन २०८३, शुक्रबार

देशमा संविधान घोषणा हुनै लाग्दा साउदी किन जाँदैछन् विप्लव ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

biplab– एनपी प्रधान
साउदी अरब । देशमा संविधान घोषणा भएर एक हप्ते दीपावली मनाउने तयारी भइरहेका बेला नेकपा माओवादीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ साउदी अरब आउने भएका छन् ।

पार्टीको प्रवासी संगठन नेपाली जनप्रगतिशील मोर्चा साउदी अरवको यही २३ सेप्टेम्वरका दिन रियादमा हुने दोस्रो राष्ट्रिय महाधिबेशनलाई सम्बोधन गर्नका लागी चन्द साउदी अरव आउने भएका हुन् ।

मोर्चाको महाधिबेशनमा महासचिव चन्द संगै पार्टीका बिदेश बिभाग प्रमुख धर्मेन्द्र बास्तोला र मध्यपुर्व इन्चार्ज आजाद खत्री लगायत साउदी अरब आउने कार्यक्रम रहेको मोर्चाका अध्यक्ष एंव महाधिबेशन मुल आयोजक कमिटीका संयोजक दिल सुब्बाले जानकारी दिए ।

रियादको बथा स्थित रमदा होटेलमा हुने महाधिबेशनका लागी आवश्यक सम्पूर्ण तयारी पुरा गरिएको अध्यक्ष सुब्बाले बताए । महाधिबेशनले आगामी २ बर्ष कार्यकालका लागी ३५ सदस्यीय नयां नेतृत्व चयन गर्ने छ । महाधिबेशनमा मोर्चाका अध्यक्ष दिल सुब्बाले राजनीतिक तथा कार्यनीति प्रतिवेदन र महासचिव भानु प्रदेशीले सांगठनीक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । भेलाले बिद्यान संसोधन गर्ने तथा आगामी रणनितीक कार्ययोजना समेत तय गर्ने मोर्चाले जनाएको छ ।

साउदीका ४ सय प्रवासी नेपाली आबद्ध रहेको मोर्चाले रियाद, दमाम, जुबेल, ताबुक, अल्खोर, अलकासिम र हपुक गरि सात क्षेत्रमा क्षेत्रीय कमिटी तथा १४ ईकाई कमिटी निर्माण गरेर साउदीको बिभिन्न स्थानमा आफ्नो संगठन बिस्तार गरेको छ ।