१० कार्तिक २०८३, मंगलबार

ओली प्रधानमन्त्री बन्न लागेकोमा बाबुरामले यसरी असन्तुष्टि पोखे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-&-Kp-Oliकाठमाडौं, २ असोज । एकीकृत माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले एमालेका अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बन्न लागेको विषयमा व्याङ्ग्य गरेका छन् ।

संविधान पारित भइसकेको र अब बन्ने नयाँ सरकारको नेतृत्व ओलीले लिने चर्चा भइरहेका बेला भट्टराईले ओलीप्रति व्याङ्ग्य गरेर आफ्नो असन्तुष्टि जनाएका हुन् ।

कार्टुनिष्ट रविन सायमीले बनाएको अध्यक्ष ओलीको कार्टुनलाई भट्टराईले आफ्नो फेसबुकमा राखेर ओलीप्रति व्याङ्ग्य गरेका छन् ।

भट्टराईले फेसबुकमा लेखेका छन, ‘ओहो ! बिहान बिहानै रविन सायमीको कति सटिक व्यंग्य !’

संविधानसभाबाट दुई तिहाईभन्दा बढी संख्यामा नेपालको संविधान २०७२ पारित भएको सन्दर्भमा मुलुकभरि दीपावली गर्ने तयारी भइरहेका बेला भट्टराईले संविधानका लागिभन्दा पनि ओलीलाई प्रधानमन्त्रीको पदमा पुराउन लागेकोमा दीपावली गर्न लागको भन्दै व्याङ्ग्य गरेका छन् ।

एमाओवादी नेता भट्टराईको यो व्याङ्ग्यले एमाले समर्थकहरूलाई चोट पुराएको छ ।