१० कार्तिक २०८३, मंगलबार

जिल्ला अस्पताल जिरीमा भाइरल ज्वरोका बिरामी बढे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, २ असोज । मौसम परिर्वतनसँगै जिल्ला अस्पताल जिरीमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ ।

दैनिकजसो १०० जनाभन्दा बढी बिरामी आउने अस्पतालमा एक तिहाइ बिरामी भाइरल ज्वरोबाट सङ्क्रमित रहेको जिल्ला अस्पताल जिरीका डा निसान्त ढकालले बताउनुभयो ।

भाइरल ज्वरोबाट सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् ।

भाइरल ज्वरोको आयु सात दिनको भए पनि कहिलेकाहीँ यसले महामारीको रुप लिन सक्ने हुँदा सर्वसाधारणलाई सचेत रहन र समयमै स्वास्थ्यकर्मीको सल्लाह लिई उपचार गर्न अस्पतालले सुझाव दिएको छ । रासस