१० कार्तिक २०८३, मंगलबार

दैनिक नेपालका सम्पादक पाण्डे सम्मानित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ganesh=panday

बेसीशहर, १ असोज । दैनिक नेपाल डटकमका सम्पादक गणेश पाण्डे गृह जिल्ला लमजुङमा सम्मानित हुनुभएको छ ।

पत्रकारितामार्फत देश र समुदायको बिकासमा टेवा पु¥याएको भन्दै उहाँलाई लमजुङ मर्स्याङदी यूवा क्लबले बुधबार बेशीशहरमा भव्य समारोहका बीच सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले उनलाई दोसल्ला, खादा र प्रमाणपत्र दिएर सम्मान गर्नुभएको थियो ।

बिगत १५ बर्ष देखि निरन्तर पत्रकारिता पेशामा आबद्ध पाण्डेले दश बर्षे शशस्त्र द्वन्द्वकालको केही घटनालाई समेटी ‘अन्तिम सन्देशर’ र गत बैशाख १२ गते गएको बिनाशकारी भूकम्पलाई समेटी ‘भाग्यले बाँचेकाहरु’ नामक बृत्तचित्र निर्देशन गर्नुभएको छ । उहाँले दुई साताअघि मलेसियाबाट अवार्ड समेत जित्नुभएको थियो ।