ठमाडौँ, १ असोज । संविधानसभाबाट नेपालको नयाँ संविधान अनुमोदन भएकामा जापान सरकारले त्यसको स्वागत गर्दै नयाँ संविधानले नेपाललाई वास्तविक लोकतान्त्रिक मुलुकतर्फ अग्रसर गराएको जनाएको छ ।
जापानका विदेशमन्त्री फुमियो किसिदाले आज एक वक्तव्य जारी गरी नयाँ संविधानबाट नेपालको राजनीतिक स्थायित्व र लोकतन्त्रको सुनिश्चितता, शान्ति स्थापना र आर्थिक विकास हुने अपेक्षा आफ्नो मुुलुकले गरेको बताउनुभएको छ ।
“जापान–नेपाल सम्बन्धलाई थप सुदृढीकरण तथा समग्र क्षेत्रको स्थायित्व र विकासका लागि जापान सरकारले निरन्तर योगदान गर्नेछ, नेपालको सच्चा मित्रका नाताले स्तरीय पुनःनिर्माणका काम पूरा गर्न जापानले हरसम्भव सहयोग गर्नेछ” – यहाँस्थित जापानी राजदूतावासले जारी गरेको मन्त्री किसिदाको वक्तव्यमा भनिएको छ । रासस















प्रतिक्रिया