१० कार्तिक २०८३, मंगलबार

जलेश्वर कारागारमा सेना खटाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-senaगौशाला, १ असोज । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वर कारागारमा नेपाली सेना खटाइएको छ ।

तराई मधेसमा एक महिना बढीदेखि जारी अनिश्चितकालीन मधेस बन्दका कारण कैदीबन्दीको सुरक्षालाई मध्य नजर गर्दै जिल्ला सुरक्षा समितिको निर्णयानुसार जलेश्वर कारागारमा ४० जना नेपाली सेनालाई काम दिइएको छ ।

जलेश्वरको प्रकौलीमा अवस्थित फस्ट राईफल गणबाट क्याप्टेन सुमन खत्रीको नेतृत्वमा ४० जना नेपाली सेना अब २४ घन्टे कामका लागि खटिएको जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो ।

एक सय ४० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जीर्ण भइसकेको र तराईमा सशस्त्र सङ्घर्षरत विभिन्न समूहका दुई दर्जनभन्दा बढी नाइके तथा कार्यकर्ताहरु जलेश्वर कारागारमा रहेकाले अहिलेको मधेसको सङ्कटपूर्ण समयलाई मध्यनजर गर्दै जलेश्वर कारागारमा नेपाली सेना खटाइएको हो । त्यसैगरी सहयोगका लागि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सातजना नेपाल प्रहरी पनि रहेका छन् ।

एक सय ३५ जनाको क्षमता रहेको जलेश्वर कारागारमा अहिले ३७३ जना रहेका छन् । जलेश्वर कारागारमा कैदीतर्फ १०१ पुरुष, ११ महिला, त्यस्तै बन्दीतर्फ २३६ पुरुष, २३ महिला र आश्रित दुई बालक र एक बालिका रहेको जेलर ठाकुरले बताउनुभयो । रासस