काठमाडौं, १ असोज । सरकारले हालको सूचना तथा सञ्चार मन्त्रालयको नाम फेर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले हालको सञ्चार मन्त्रालयको नाम परिवर्तन गरी ‘सूचना तथा सञ्चार प्रविधि मन्त्रालय’ कायम गर्ने निर्णय गरेको प्रवक्ता मिनेन्द्र रिजालले जानकारी दिनुभयो ।
सरकारले कार्यविभाजन नियमावलीबाट विज्ञान प्रविधि मन्त्रालयअन्तर्गत रहेका केही सूचना प्रविधि सम्बन्धी कामहरु सञ्चार मन्त्रालयमा ल्याउने निर्णय पनि गरेको छ ।
त्यस्तै मन्त्रिपरिषद्ले जिम्मेवारी दिएअनुसार अर्थ तथा पूर्वाधार समितिले सूचना तथा सञ्चार प्रविधि नीति पारित गरेको छ ।















प्रतिक्रिया