
काठमाडौं, ३१ भदौ । रेमिटेन्स कम्पनी आईएमई लिमिटेडले हिन्दूहरुको चाडपर्व विजया दशमी तथा शुभ दीपावली लक्षित सेवाग्राहीमुखी प्रवद्र्धनात्मक योजना ‘आईएमई बचत दश लाख’ सार्वजनिक गरेको छ ।
रेमिटेन्स सेवाको पर्याय मानिदै आएको नेपालको नं. १ रेमिटेन्स कम्पनी आईएमईले असोज १ देखि कार्तिक ३० गतेसम्म दुई महिनाका लागि गर्न लागिएको ‘आईएमई बचत दश लाख’ विहीबार सार्वजनिक गरेको हो ।
यो योजनामा नेपालका १३५ आईएमई सेन्टर सहित ३७ सय भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तिय संस्थाहरुका देशभरि फैलिएर रहेका विभिन्न शाखाका सेवाग्राही सहभागी हुन सक्ने आईएमईका जनसम्पर्क प्रवन्धक राजु पौडेलले बताए ।
यस योजनाबाट श्रम एवं विभिन्न उदेश्यले प्रवासमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आईएमईमार्फत् आफ्नो मिहिनेतको कमाइ सुरक्षित तरिकाले स्वदेशमा पठाइ उपहार पनि प्राप्त गर्ने अवसर प्रदान गर्ने विश्वास समेत गरिएको छ ।

यो योजनामा स्वदेश वा विदेशबाट आईएमई गर्नेको हकमा दैनिक लक्की ड्र मा विजयी हुनेलाई ५ हजार, साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई ५० हजार पुरस्कारको बचत खाता र बम्पर लक्की ड्र« मा विजयी हुने एक भाग्यशाली विजेतालाई रुपैयाँ १० लाखको मुद्दती खाता खोल्ने अवसर प्रदान गरिनेछ । यो योजनामा पैसा पठाउनु हुने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेरका माध्यमबाट बिजेता छानिनेछ । यस योजनाको बैंकिङ्ग साझेदार ग्लोबल आईएमई बैंक हुनेछ । लक्की ड्र को नतिजा यस कम्पनीको आधिकारिक वेभसाईट, सामाजिक सञ्जाल, एवं विभिन्न संचारका माध्यममार्फत् सार्वजनिक गरिनेछ ।
आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १५ औ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका ३७ सय भन्दा बढी शाखा÷सव–एजेन्ट र बैंक तथा वित्तिय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुः ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।















प्रतिक्रिया