काठमाडौं, ३१ भदौ । ललितपुरको लगनखेलस्थित ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सद्धारा आयोजना गरिएको मोबाइल एक्स्पो २०७२ को छैठौं दिन ५० हजार भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गरेका छन् ।
एक्स्पोमा आजसम्म ३ लाख २५ हजारभन्दा बढी ग्राहकहरुले अवलोकन गरिसकेका छन् । एक्स्पोमा आज ग्राहकहरुले बारफोन बढी खरिद गरेको तथा बारफोनहरुको बारेमा जानकारी लिईरहेका थिए ।
अहिलेको समयमा हरेक मानिसको लागि मोबाइल फोन संचार सम्पर्कको लागि आवश्यकता भईसकेको हुँदा कमसेकम एउटा फोन खरिद गर्न भनेर ग्राहकहरु आएका छन् । ग्राहकहरुले एक्स्पोमा डिटिसी, फ्लाई, विनकम, लाभा, सिजीलगायतका ब्राण्डका बारफोनको बारेमा अधिक जानकारी लिएका छन् । एक्स्पोको आकर्षणलाई देखेर मोबाइल फोन ब्राण्ड सिंगापुरको ब्राण्ड डिटिसी मोबाइलको हातहातमा फोन भन्ने नाराका साथ विभिन्न मोडलका बारफोनहरु बिक्रि गरिरहेको छ ।
त्यसैगरी डिटिसीले बारफोन खरिद गर्न चाहने ग्राहकहरुलाई एक्सचेन्जको सुविधा पनि दिएको छ भने नेपालकै पहिलो पावरब्यांक भएको डिटिसी फोर ईन वान फोनको खरिदमा १५ प्रतिशतको छुट दिएको छ । डिटिसी फोर ईन वान फोनको बजार मूल्य ५ हजार रुपैंया रहेको छ । यो फोनलाई पावरब्यांकको रुपमा प्रयोग गर्न सकिन्छ भने स्पीकर तथा पावरफुल टर्चलाईटको रुपमा पनि उपयोग गर्न सकिन्छ । यो फोन एक्स्पोबाट नेपाली बजारमा बिहिवारदेखि सार्वजनिक हुँदैछ ।
डिटिसीले अर्को फोन डिटिसी गियर पनि एक्स्पोमा ल्याएको छ । यो फोन वाकीटकी जस्तै देखिन्छ, जुन पावरब्यांक तथा मोबाइल दुबैको रुपमा प्रयोग गर्न सकिन्छ । निकै मजबुत यो फोनको बजार मूल्य ४ हजार रुपैंया तोकिएको छ । डिटिसी गियर फोनमा २० प्रतिशतको छुट दिईएको छ । डिटिसी ब्राण्डका अन्य फोनहरुमा ४० प्रतिशतसम्मको छुट दिईएको छ । यसैगरी डिटिसी जिटी एटआई स्मार्टफोनमा खरिद मूल्य ९ हजार ९ सय ९९ रुपैंयामा ३५ प्रतिशतको छुट दिईएको छ ।
मोबाइल कम्प्लेक्समा रहेको एक्स्पोको स्टल नम्बर ९, १० तथा ११, १२ मा नेपालमै पहिलो पटक नौलो किसिमले मोबाइल एक्सचेन्ज गर्ने सुविधा राखिएको छ । उक्त मोबाइल एक्स्पोमा मोबाइल एक्सचेन्जका लागि मोबाइल भ्यालुएटर राखिएको छ । मोबाइल सम्बन्धि दक्ष र अनुभवी मोबाइल भ्यालुएटरले पुरानो मोबाइलको अधिकतम मूल्य तोकेर एक्सचेन्ज गराउने व्यवस्था मिलाईएको छ । मौकाको चौका अफरअन्तरगत विभिन्न ब्राण्डका फोनहरु साटेर नयाँ फोनहरु खरिद गर्न सकिन्छ ।
अन्य बजारहरुभन्दा एक्स्पोमा फोनहरु विशेष छुटसहित सस्तो मूल्यमा उपलब्ध भएको हुँदा फोन खरिद गर्ने ग्राहकहरु आएका हुन् ।
त्यसैगरी महिलाहरुको महान चाड तीजको अवसरमा महिला दिदि बहिनीहरुलाई सम्मान गर्दै मंगलवार र बुधवार एक्स्पो अवलोकनका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । यी दिनहरुमा दैनिक १ लाख भन्दा बढि अवलोकनकर्ताहरु विशेष छुटसहित मोबाइल खरिद गर्न आउने अपेक्षा गरिएको छ । तीजको अवसरमा एक्स्पोमा महिलाहरुले मोबाइल फोन खरिद गरेमा विशेष छुट प्रदान गरिनेछ ।
एक्स्पो तथा मलका सबै मोबाइल शपहरुबाट गुणस्तरीय मोबाइल फोनहरु सिल प्याक अवधारणामा मात्र बिक्री गरिएका छन् । अन्य बजारहरुमा सिल प्याकेट खोलिएका र विभिन्न एसेसरिजहरु साटिएका फोनहरु बिक्री हुने गरेकोमा यो मोबाइल कम्प्लेक्सबाट भने कम्पनीको लोगो सहितको सिल प्याक फोनहरु मात्र बिक्री गरिएको छ । सिल प्याकसहितको मोबाइल बिक्री गर्ने अवधारणा नेपालमा नै पहिलो पटक लागू गरिएको हो, जसले उपभोक्ताले गुणस्तरीय मोबाइल फोन र एसेसरीजहरु खरिद गर्न पाउनेछन् ।
एक्स्पो अवधिभर मल्टिब्राण्ड शोरुम तथा अन्य मोबाइल शपबाट ४० भन्दा बढि ब्राण्डका मोबाइलहरुको खरिदमा विशेष छुट दिईएको छ । ललितपुर मोबाइल कम्प्लेक्सले संचालन गरेको मल्टिब्राण्ड मोबाइल शोरुममा ४० भन्दा बढि मोबाइल ब्राण्डहरु, मोबाइल पसलहरु तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा आएका छन् । त्यस्तै नेपालमा सबैभन्दा ठूलो मोबाइल शोरुम स्थापना गरिएको छ, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् । नेपालमा नै पहिलो पटक नौलो अवधारणामा मल्टिब्राण्ड मोबाइल शोरुम संचालन गरिएको यो कम्प्लेक्समा सिल प्याक गरिएका मोबाइल फोन मात्र बिक्री गरिएको छ ।
भदौ ३ गतेसम्म ललितपुर मोबाइल कम्प्लेक्समा मोबाइल एक्सपो २०७२ आयोजना भईरहेकोछ । कम्प्लेक्सको शुभारम्भको अवसरमा आयोजना भएको मेला अवधिभर हरेक मोबाइलको खरिदमा ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको छुट ग्राहकहरुले प्राप्त गर्नेछन् । मोबाइल कम्प्लेक्समा न्यूनतम ९ सयदेखि १ लाख रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध गराईएको छ ।
विगत १३ वर्षदेखि मोबाइल व्यवसायमा संलग्न रहेका मोबाइल व्यवसायीद्धारा संचालन भएको यो मोबाइल कम्प्लेक्समा एक्स्पोको अवसरमा हरेक दिन लक्कि ड्रमार्फत पाँच वटा स्मार्टफोन उपहार प्रदान गरिनेछ । मलको उदघाट्न तथा मोबाइल कम्प्लेक्सको शुभारम्भसँगै आयोजना भईरहेको एक्स्पोमा करिब १० लाख भन्दा बढिले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोको अन्तिम दिन मोबाइल खरिदकर्ता ग्राहकहरुमध्येबाट १ जनालाई लक्कि ड्रको माध्यमबाट बम्पर उपहार प्रदान गरिनेछ ।
नेपालको सबैभन्दा ठूलो मोबाइल शोरुममा दक्ष प्राविधिकबाट मोबाइल मर्मत गर्ने तथा नेपालभरी कतैपनि बन्न नसकेको मोबाइल पनि यहाँको सर्भिस सेन्टरमा छिटो मर्मत गर्नसक्ने क्षमता रहेको छ ।
मोबाइल एक्स्पोमा सामसुंग, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोनहरु, डिटिसी, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, केनजिन्दालगायत विभिन्न ब्राण्डका फोनहरु उपलब्ध गराईनेछ ।
त्यसैगरी भूकम्प पिडितलाई स्मार्टफोनको खरिदमा ८ जीबीको मेमोरीकार्ड निशुल्क दिईने छ । नेपालको पहिलो र सबैभन्दा ठूलो मल्टिब्राण्ड शोरुमले आयोजना गरेको मोबाइल एक्स्पोमा प्रवेशका लागि टिकट दर रु १०० तोकिएको छ भने विद्यार्थीका लागि रु ५० तोकिएको छ ।
















प्रतिक्रिया