काठमाडौं, ३१ भदौ । च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा बार्सिलानोले बुधबार रोमासँग बराबरी खेलेको छ ।
बुधबार राति भएको घरेलु मैदानमा भएको खेलमा रोमाले बार्सिलोनालाई १-१ गोलको बराबरीमा रोकेको हो । खेलको २१ औं मिनेटमा लुइस स्वरेजको गोलबाट अग्रता लिएको बार्सिलोनाका तर्फबाट दोस्रो गोल हुन सकेन् ।
बार्सिलोनाको अग्रतालाई खेलको ३१ औं मिनेटमा रोमाका एलेन्सेड्रो फ्लोरेन्जीले करिब ६० यार्ड टाढाबाट उत्कृष्ट गोल गरेर बराबरीमा झारे । त्यसपछि खेलमा दुबै पक्षबाट गोल हुन सकेन् । बार्सिलोनाका लागि दोस्रो गोल हान्न खोजेका १०० औं च्याम्पियन्स लिग खेलिरहेका लिओनल मेस्सीको प्रहार पनि बुधबार रातिको खेलमा असफल भयो ।















प्रतिक्रिया