१ कार्तिक २०८३, शनिबार

बागलुङमा अखाद्य मासुको कारोवार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

meat-chicken– रबिना बोहरा
बागलुङ, २९ भदौ । पछिल्लो समयमा अनुगमन प्रभावकारी नहुँदा बागलुङ बजारमा तोकिएको मुल्य भन्दा बढी एवं अखाद्य मासुको विक्रि वितरण बढेको छ ।

आज गरिएको बजार अनुगमनका क्रममा जीपपार्कको एक पसलमा तोकिएको मुल्य भन्दा बढी तथा अखाद्य मासु विक्रि गरिएको पाइएको हो । प्रति केजी ३ सय ५० रुपैयाँका दरमा विक्रि गर्ने कुखुराको मासुलाई ४ सय रुपैयामा निर्वाध रुपमा विक्रि हुने गरेको छ ।

बानपा–१० स्थायी घर भई बागलुङ बजारको जीपपार्कमा केसी मासु पसल सञ्चालन गर्ने यामबहादुर केसीले बढी रुपैया लिएर मासु विक्रि गरिएको भन्दै राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले जिल्ला प्रशासन कार्यालयमा मुद्धा दर्ता गरेको छ । उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठले २८ वटा पसलमा अनुगमन गर्दा केसी मासु पसलमा तोकिएको मुल्य भन्दा बढीमा विक्रि गरिएको बिल सहित फेला परेको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी, पत्रकार र उपभोत्ता मञ्च संगको छलफलका क्रममा कुखुराको मुल्य बढी लिने भन्दै गुनासो आएपछि अनुगमन गरिएको श्रेष्ठले बताउनुभयो ।

नजिकिदै गरेका चाडपर्वमा यस्ता घटना धेरै हुन सक्छन् भन्दै उपभोत्ताको स्वास्थ्यलाई मध्यनजर गरि अनुगमन गरिएको बताइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले बढी मुल्यमा मासु विक्रि गर्नेलाई कालोबजार ऐन–२०३२ अनुसार कारबाही गरिने बताउनुभयो । बढी नाजायज नाफा लिएर विक्रि गरेको पाइएकाले जिल्ला प्रहरी मार्फत सरकारी वकिल हुदै प्रमुख जिल्ला अधिकारीमार्फत यस मुद्धाको कारबाही हुने प्रक्रिया भएको सुवेदीले बताउनुभयो ।