३० आश्विन २०८३, शुक्रबार

राष्ट्रिय लिग फुटबलमा एपिएफविरुद्ध थ्रीस्टार क्लब विजयी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

three star-culabकाठमाडौँ, २९ भदौ । राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थ्रीस्टार क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै विजयी भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेसको खेल मैदानमा भएको सो प्रतियोगितामा थ्रीस्टारले एपिएपललाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जितसँगै थ्रीस्टार १४ अङ्कका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै मोफसलको झापा फुटबल क्लब १६ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ भने १४ अङ्कका साथ एपिएफ तेस्रो स्थानमा छ ।

थ्रीस्टारका लागि पहिलो अग्रता भने विदेशी खेलाडी सेगुनले लिए । उनले खेल सुरुवाती १० औँ मिनेटमा पहिलो गोल गर्दै थ्रीस्टारको लागि खाता खोले । त्यस्तै एपिएफका खेलाडी हेमन गुरुङले खेलको पहिलो हाफको २८ औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

तर त्यो एक एक गोलको बराबरी भने लामो समयसम्म टिक्न सकेन थ्रिस्टारका खेलाडी जगजित श्रेष्ठले खेलको पहिलो हाफको ३७ औँ मिनेटमा एक गोल गरेपछि थ्रीस्टार खेलको पहिलो हाफसम्म २–१ गोलअन्तरले अगाडि रह्यो ।

त्यसैगरी खेलको ५८ औँ मिनेटमा थ्रीस्टारका अर्का खेलाडी विजय गुरुङले एक गोल थपे भने खेलको दोस्रो हाफको इन्जुरी समयमा जगजितले पुन एक गोल थप्दै थ्रीस्टारलाई ४–१ को सहज जित दिलाए ।

जारी प्रतियोगितामा मोफसलका चार र ’ए’ डिभिजनका विभागीय तीन टोलीसहित पाँच क्लब गरी नौ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । रासस