१ कार्तिक २०८३, शनिबार

वर्ल्डलिंक २१ औ वर्षमा, सामाजिक कार्य तथा उच्च गतिको इन्टरनेट भारी छुटमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

World-linkकाठमाडौं, २९ भदौ । इन्टरनेट कम्पनी वर्ल्डलिंकले मंगलबार आफ्नो स्थापनाको २० औं वर्ष सफलतापूर्वक पुरा गरेको छ ।

कम्पनीले नेपालभर फैलिएको आफ्नो सञ्जाल मार्फत सरकारी, गैर सरकारी संघ संस्था, कुटनैतिक निकाय, विमा तथा वित्तिय संस्था लगायत सर्वसाधारणलाई उचित मुल्यमा सर्वसुलभ, भरपर्दाे र उच्चगतिको इन्टरनेट तथा डाटा र अन्य दुरसंचार सम्वन्धी सेवाहरु प्रदान गरिआएको छ ।

“जहाँसुकै, जहिले पनि हरेक व्यक्तिलाई ईन्टरनेटसंग जोडनु” दूरदृष्टि रहेको यस कम्पनीले नेटवर्क नपुगेको स्थानसम्म नेटवर्क विस्तार गर्ने, समय समयमा अद्यावधिक र आवश्यकता अनुसार प्रतिस्थापन गरी देशको कुना कुनामा नेटवर्क पु¥याई ग्राहक वर्गलाई उत्कृष्ट र विश्वस्तरिय इन्टरनेट सेवा प्रदान गरी जिवनशैलीमा समृद्धि ल्याउने कम्पनीको प्रमुख उदेश्य रहेको छ ।

यसै उदेश्य अनुरुप कम्पनीले अत्याधुनिक तथा उच्च प्रविधियुक्त जिपन फाईवरको माध्यमबाट घर घरमा फाईवर (FTTH) ईन्टरनेट सेवा दिई आएको छ । फाईवर अप्टिक केबल एक प्रकारको सिसाको लचिलो तार हो जसमा विद्युतिय प्रकाशको माध्यमबाट एक ठाऊँबाट अर्काे ठाऊँमा तिब्र गतिले संकेत (Communication signal) प्रसारित हुने हुदा यो हाल प्रयोगमा आईरहेको साधारण केबल भन्दा सयौ गुणा उच्च गतिको हुनुको साथै भरपर्दाे समेत हुन्छ । यो प्यासिभ (विद्युत नचाहिने) नेटवर्किङ प्रविधिमा आधारित भएकाले नेटवर्क डिष्ट्रीब्युसनमा केबल जस्तो विद्युत आवश्यक नपर्ने हुदा विद्युतको कारणले सेवा अवरोध हुदैन । यो एक पटक जडान गरी सकेपछि वर्षाै वर्ष सम्म कायम रही रहन्छ, यो वल्र्डलिंकको फाईवर नेटवर्कमा भविष्यमा (10Gbps) गति सम्म पनि सेवा प्रदान गर्न सकिने हुदा हाल प्रचलित र भविष्यमा आउने धेरै व्याण्डविथ खाने (Applications) तथा (Analog TV, Digital TV, IPTV, Online Gaming, Telephone) जस्ता सेवाहरु यसैबाट चलाउन सकिन्छ । यिनै विशेषताका कारण यो प्रविधिको माग उच्च रहनुको साथै छोटो समयमा पनि यस कम्पनीले हजारौ ग्राहक बनाउन सफल भएको छ ।

कम्पनीले आफ्नो स्थापना दिवसको अवसरमा भैआएको डाटामा तीन गुणा थप सुविधा सहित उत्कृष्ट र उच्च गतिको फाईवर ईन्टरनेट अन्य मूलुकको दाँजोमा धेरै सस्तो र साधारण केबलको दरमै सेवा प्रदान गर्न गईरहेको छ । जस्तै : 10Mbps (10000 Kbps) मासिक मात्र रु.१३००।- मा (75Gb) डाटा जुन हाल भै आएको डाटामा तीन गुणाले बढि हो जबकि अन्य मूलुकमा (30Gb) देखि (50Gb) डाटाको मासिक रु.३,५०० देखि रु.४,५००।- पर्दछ । हाल डाटा उपयोग गरी आउनु भएका अधिकतम (home user) को अनुभव अनुसार समान्यतया 20Gb देखि 40Gb डाटा एक महिनाभर पुग्ने पाईएकोले यो सेवा unlimited सरह मान्न सकिन्छ । यसै गरी कम्पनीले साना साना अफिसलाई लक्षित गरी 25Mbps (25000Kbps) मासिक मात्र रु.१,६००।– मा 120Gb डाटा सहितको सेवा उपलब्ध गराउन गईरहेको छ । उपर्युक्त दुवै डाटा आफैमा दुई महिना भन्दा बढि समय सम्म पुग्छ तथापि सकिएको अवस्थामा पनि सेवा अवरोध नभै राम्रै गतिले नै इन्टरनेट चलाउन सकिन्छ । साथै, यसै अवसरमा सर्वसाधारणलाई उच्च गतिको इन्टरनेटबाट बंचित हुन नपरोस भन्ने उदेश्यले जडान खर्च मात्र रु.२०।- लाग्ने घोषणा गरेको छ ।

वल्र्डलिंकले अफर गरेको ती स्कीम लिने ग्राहकले आफूले चाहेको Applications जस्तै : Facebook, Youtube videos, Viber, Online Movie and Songs ईत्यादि तिब्र गतिमा विना रोकावटका साथ साथै छोटो समयमा चलाई सो सेवाको उच्च लाभ लिन सक्छन् । हामी खुसी छौ कि ईन्टरनेट जस्तो अपरिहार्य सेवा हामी नेपाली सर्वसाधारणले अन्य विकसित मूलुकमा जस्तै उच्च गतिको इन्टरनेट चलाउन पाएका छन् ।

साथसाथै, कम्पनीले विभिन्न अवसर र समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरु वर्षाै देखि गर्दै आएको र भविष्यमा पनि त्यसलाई निरन्तरता दिने छ । विगत बैशाख १२ गतेको विनाशकारी महाभूकम्प पश्चात नेटवर्क तत्काल मर्मत संभार गरी तुरुन्तै इन्टरनेट सेवा सुचारु गर्नु, मुख्य केन्द्र विन्दु रहेको गोरखाको वारपाकमा विजुली, संचार र बाटो समेत अबरुद्ध रहेको अवस्थामा पनि तत्कालै नेटवर्क पु¥याई पहिलोपटक इन्टरनेट सेवा संचालन गरी हाल सम्म निःशुल्क सेवा दिईआएको, विभिन्न क्षतिग्रस्त ठाऊँमा निःशुल्क वाईफाई इन्टरनेट तथा चार्ज सेन्टर स्थापना गरी सेवा दिनुका साथै पिडित परिवारजनलाई आवश्यक खाद्यान्न, लत्ताकपडा, त्रिपाल र खानेकुरा वितरण आदि हामीले गरेका उदाहरणिय कार्यहरु हुन् ।

यस कम्पनीको २० औ वार्षिक उत्सवको पूर्व सन्ध्यामा पाटन दरबार स्क्वारमा निःशुल्क वाईफाई इन्टरनेट दिनुको साथै काठमाण्डौ उपत्यका भित्र रहेका सामुदायिक स्कुलमा बढने भाईबहिनीहरु इन्टरनेटमा जोड्ने हेतुले पद्मकन्या उच्च मा. वि., डिल्ली बजार, रत्नराज्य उच्च मावि, बानेश्वर, पाटन मावि, पाटनढोका, सरल आदर्श चण्डी मावि, चाकुपाट र त्रिपद्म मावि, पुल्चोकलाई एक वर्षको लागि निःशुल्क इन्टरनेट सेवा प्रदान गरेको छ ।

यस कम्पनीले वर्षाै देखि बाल छहारी अनाथालयलाई मासिक रुपमा आर्थिक सहयोग तथा त्यसमा रहने सम्पूर्ण अनाथहरुलाई समय समयमा पुस्तक तथा लुगाफाटा प्रदान गर्ने गरेकोे, हाम्रा स्टाफबाट ती भाईवहिनीहरुलाई पढाउनुको साथै आर्ट अफ लिभिङ जस्ता अतिरिक्त क्रियाकलापहरु गर्ने गरेको छ । वार्षिक उत्सवको पूर्व सन्ध्यामा, निसहाय सेवा सदन, शान्तिनगरमा बस्नु हुने सबै निःसहाय बृद्ध बृद्धाहरुलाई विहानको नास्ता, दिउसो र बेलुकीको समेत भोजन गराई ती श्रध्येय बृद्ध बृद्धाबाट आशिष लिनुको साथै उक्त परोपकारी संस्था (बृद्धाश्रम) लाई निःशुल्क इन्टरनेट सेवा प्रदान गरेको छ ।

हालै नेपाली युवा टिमले भारतलाई टाईब्रेकरद्धारा ५–४ ले पराजित गर्दै साफ यू–१९ च्याम्पियनसिप भएकोमा हार्दिक बधाई तथा धन्यवाद दिन्दै ती सबै युवा टिमलाई सम्मान स्वरुप एक वर्षका लागि उच्च गतिको निःशुल्क इन्टरेनट सेवा प्रदान गर्ने निर्णय गरेको छ ।

यस कम्पनीले आफ्नो स्थापनाको विसौ वर्ष पुरा गरेको दिन जावलाखेल क्षेत्र संरक्षण तथा सुधार समिति र ललितपुर उ. म. पा., ललितपुरको मातहतमा रहेको बाल बृद्ध पार्क यस वल्र्डलिंकले पुनःनिमार्ण सम्पन्न गरी निरन्तर मर्मत संभार समेत गर्ने गरी आजैका दिन नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं विधायक गगन थापाबाट समुदघाटन गरी सर्व साधारणका लागि खुल्ला गरिएको छ ।