बुटबल, २९ भदौ । सबल नेपाल साप्ताहिक द्धारा सञ्चालित प्रथम सबल नेपाल अन्तर मिडियाकप फुटसल प्रतियोगिताको उपाधी खस्यौली एफएम बुटवलले हात पारेको छ ।
सोमबार राति अवेर सम्पन्न फाइनल खेलमा खस्यौली एफ एमले बुटवल टुडे राष्ट्रिय दैनिकलाई ४–० गोलले पराजित गरेको हो । खस्यौलीको जितमा कृष्ण न्यौपाने एक्लैले ४ गोल गरेका थिए । बिजयी टोली खस्यौली एफएम र उपबिजेतामा चित्त बुझाएको बुटवल टुडे राष्ट्रिय दैनिकलाइ एक समारोहकाबीच शिल्ड मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस्तै मिडियाकप फुटसलमा रेडियो मलमलाले भने तेस्रो स्थान हात पारेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी खस्यौलीका कृष्ण न्यौपाने घोषित भए । समापन समारोहमा बोल्दै प्रमुख अतिथी खेलकुद पत्रकार मञ्च रुपन्देहिका अध्यक्ष सुमन अधिकारीले मिडियाकप सफल भएकोमा धन्यबाद दिदै यस्ता कार्यक्रम मिडिया हाउसकाबीचमा समयसमयमा भैरहनुपर्ने बताए ।
कार्यक्रममा बिजयी टिमलाई जिल्ला फुटबल सघं रुपन्देहीका अध्यक्ष कुमार केसी, एभिन्युज टेलिभिजनका ब्यूरो प्रमुख तथा बिजनेश खबर पाक्षिकका प्रधानसम्पादक दामोदर खनाल, पत्रकार गुरुदत्त ज्ञवाली, स्थानीय हिमलाल घिमिरे लगायतले पुरस्कार बितरण गरेका थिए ।
सबल नेपाल साप्ताहिकका प्रधानसम्पादक अमृत पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन कार्यक्रम संयोजक दिपक न्यौपानेले गरेका थिए । यसैबीच आयोजक सबल नेपालले कार्यक्रमबाट बचेको रकमले अक्षयकोष खडा गरि प्रत्येक बर्ष रुपन्देहिका एक पत्रकारलाइ कुनै एक बिधामा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।















प्रतिक्रिया