जम्बिया । एनआरएनए जाम्बियाको दोश्रो बार्षिक साधारण सभा हालै जाम्बियाको राजधानी लुसाकामा सम्पन्न भएको छ ।
सभाले बिदुर खनाललाइ सर्बसम्मतिले अध्यक्षमा निर्बाचित गरेको छ । त्यसै गरी प्रकाशचन्द्र घिमिरे उपादक्ष्य, अजिज रहमानी महासचिब र भीमबहादुर बमलाई कोषाध्यक्षमा निर्बाचित गरेको छ ।
कार्य समितिको सदस्यहरुमा सन्ध्या खनाल, इन्दिरा उप्रेती, मोतीलाल श्रेष्ठ, दीपकप्रसाद ढुंगाना, पोषण राज बस्नेत, खेम नारायण पौडेल र रघुबर दत्त भट्ट रहनु भएको छ ।
त्यसगरी सल्ल्हाकारहरुमा अंगिरा आचार्य, रामजी ढकाल र बिशालनाथ उप्रेती मनोनयन हुनु भएको छ ।
साधारण सभाले जाम्बियाका गरिब र दुःखी समुदायका लागि कल्याणकारी परियोजना संचालन गर्ने निर्णय समेत गरेको छ ।















प्रतिक्रिया