ओमान । ‘जहाँ-जहाँ नेपाली, त्यहाँ-त्यहाँ नेकपा एमाले’ भन्ने नारासहितको कार्यक्रमबाट नेकपा एमालेले बिश्वका अधिकांश ठाउँमा आफ्नो संगठन बिस्तार गरेको छ ।
त्यही कार्यक्रम अनुसार ओमानमा स्थापना भएको एमालेको प्रवास भातृ संगठन प्रवासी नेपाली मञ्चको प्रथम अधिबेशन आगामी असोज चार गते हुने भएको छ । अधिवेशनलाई सम्बोधन गर्न नेकपा एमाले पोलिटब्युरो सदस्य तथा प्रवास समन्वय इन्चार्ज बिन्दा पाण्डे ओमान आउन लागेकी छिन् ।
प्रवासी नेपाली मञ्च ओमानका संयोजक गगन कार्कीले प्रथम अधिवेशनको तयारी लगभग पूरा भइसकेको बताए । अधिवेशनमा मध्यपूर्वका देशहरूबाट पनि प्रवासी नेपाली मञ्चका पदाधिकारी अतिथिको रूपमा आउने संयोजक कार्कीले बताए ।
प्रथम अधिवेशनमा सबैलाई सहभागी हुन मञ्चले आग्रह समेत गरेको छ ।
















प्रतिक्रिया