३० आश्विन २०८३, शुक्रबार

गैरआवासीय नेपाली सङ्घ जापानमा थापा विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

(null)टोकियो (जापान), २८ भदौ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए),जापानमा सुदन थापाको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ ।

मत परिणामअनुसार दुई प्रतिद्वन्द्वी चिरञ्जीवी थापाले ७२७, नरबहादुर थापाले ५७९ मत ल्याएका छन् । विजयी थापाले ८९२ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा टासी लामा, टङ्कप्रसाद गैरे र देवीलाल भण्डारी विजयी भएका छन् ।

उनीहरुले सङ्गीता अधिकारी र ऋद्धिन्द्र गिरीलाई हराउँदै विजयी भएका हुन् ।

महासचिवमा अनुज थापा विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी सरोज खत्री थिए ।

सचिवमा विष्णुप्रसाद घिमिरेलाई हराउँदै बुद्धिराज घिमिरे विजयी भएका छन् ।

कोषाध्यक्षमा पे्रमप्रसाद कँडेललाई हराउँदै दीपक थापा विजयी भएका छन् ।

अघिल्लो कार्यसमितिमा पनि थापा कोषाध्यक्ष थिए ।

दुई वर्षे कार्यकालका लागि दुई पटकमा गरी भएको निर्वाचनपछि निर्वाचित हुने सदस्यहरु सविता श्रेष्ठ, नारायणप्रसाद अधिकारी, रामथापा अनिल, नन्दलाल गैरे र डिलाराम सापकोटा छन् । रासस