३० आश्विन २०८३, शुक्रबार

मेस्सी र नेयमारको गोलमा बार्सिलोना विजयी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lionel-Messi-celebrationकाठमाडौं, २७ भदौ । खेलको अन्तिम समयमा लिओनल मेस्सीले उत्कृष्ठ गोल गरेपछि स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडविरुद्ध बार्सिलोना विजयी भएको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले बलियो प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरी रहेको खेलको दोस्रो हाफको ५१ औं मिनेटमा टोरेसको गोलबाट एथ्लेटिको मड्रिडले अग्रता लिएको थियो । तर, ५५ औं मिनेटमा बार्सिलोनाका नेयमारले फ्रि किकमार्फत गोल फर्काउँदै खेललाई बराबरीमा पुर्याए ।

६० औं मिनेटमा बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मेस्सीले ७७ औं मिनेटमा लुइस स्वरेजको पासमा विजयी गोल गरे । यो जितसँगै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

जितसँगै बार्सिलोना तीन खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ भने ७ अंकसहित रियल मड्रिड दोस्रो स्थानमा छ ।