भर्जिनिया । नेपाली कांग्रेसका संस्थापक नेताहरु स्व बिश्वेस्वरप्रसाद कोइराला को १०१औ जन्मजयन्ती तथा स्व गणेशमान सिंहको जन्मशताव्दीको अवसरमा आइतबार बिभिन्न ब्यक्तित्वहरुबाट रक्तदान गरिएको छ ।
नेपाली जनसंपर्क समिति अमेरिकाका केन्द्रीय सदस्य केशव बरालले रक्तदान गरी उक्त कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।
भर्जिनियाको अमेरिकन रेड्क्रस फेयरफ्याक्समा भएको रक्तदान कार्यक्रममा ब्लड डोनर्स एसोसियसनका संस्थापक अर्जुन प्रसाद मैनालीले न्युयोर्कबाट आएर रक्तदान गर्नु भएको थियो ।
त्यस्तै नेपाली जनसंपर्क समिति न्युयोर्क लङ आइलैन्ड्का सभापति विश्वराज बास्तोलाले पनि रक्तदान गर्नु भएको थियो ।
नेपाली कांग्रेसको भात्री संगठन नेपाली जनसंपर्क समिति अमेरिकाको भर्जिनिया च्याप्टरद्वारा आयोजित उक्त कार्यक्रममा जनसंपर्क समितिका पदाधिकारी तथा अन्य महानुभावहरुले पनि रक्तदान गर्नु भएको छ ।
सो अवसरमा बिभिन्न संघ तथा संस्थाका महानुभावहरुको उपस्थिति रहेको थियो ।
न्युयोर्कबाट हवाइमार्ग हुँदै भर्जिनियासम्म रक्तदान गर्न आउनुभएका पाहुनाहरुलाई च्याप्टर सभापति रामशरण हुमागाइले खादा लगाएर स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा सहभागि सबै प्रती शाखाको तर्फबाट आभार ब्यक्त गर्नु भएको थियो ।






















प्रतिक्रिया