३० आश्विन २०८३, शुक्रबार

मस्जिदमा क्रेन खस्दा ८७ तीर्थयात्रीको मृत्यु, नेपाली तीर्थयात्री सुरक्षित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

haj accident2284439205– एनपी प्रधान
साउदी अरब । मुसलमानहरुको प्रसिद्ध तीर्थस्थल साउदी अरेवियाको मक्कास्थित मस्जिदमा क्रेन खस्दा ८७ जना तीर्थयात्रीको मृत्यु भएको छ भने दुई सय बढी घाइते भएका छन् ।

मस्जिदमा सयौं मानिसहरुले शुक्रवारको प्रार्थना गरिरहेका बेला दिउँसो एक्कासी आएको भारी बर्षा र हावाहुरीका कारण मस्जीद माथी रहेको क्रेन खस्दा सो दुर्घटना भएको हो । घटनामा परि ज्यान गुमाउनेहरु कुन मूलुकका नागरिक हुन् भन्ने एकिन बिवरण आईनसकेको साउदी सरकारले जनाएको छ । घटनामा परि भारतीय, पास्तिानी, श्रीलँकन, मलेसियन, बँगलादेशी मुलुकका नागरिकहरु घाईते भएको बताईएको छ ।

स्रोतका अनुसार क्रेन खसेको ठाँउमा ईरानी नागरिकहरु रहेका थिए । घटना पश्चात उद्धारका लागी साउदी सरकारले तत्कालै आपतकालीन टोली खटाएको छ । उद्धारका लागी ३९ वटा एम्बुलेन्स र स्वाथ्यकर्मीहरु खटाईएको जनाईएको छ ।

यसैबीच पछिल्लो जानकारी अनुसार उक्त दुर्घटनामा नेपालीहरु भने कोही पनि नपरेको सूचना प्राप्त भएको नेपाली राजदूतावास साउदीका कार्यबाहक राजदूत आनन्द प्रसाद शर्माले जानकारी दिए । हजका लागी अहिले सम्म ६ सय २० जना नेपाली मुस्लिमहरु साउदी आईसकेको भएपनि सो घटनाबाट सबै नेपाली तिर्थयात्रीहरु सुरक्षित रहेको कार्यबाहक राजदूत शर्माले बताए ।

बिश्वका मुस्लिम समुदायहरुको सबैभन्दा ठूलो पबित्र तिर्थ स्थलका रुपमा रहेको उक्त मस्जिद क्षेत्रलाई बिस्तार गर्ने कार्य भईरहेकोले मस्जिद माथी क्रेन रहेको थियो । निर्माण कार्यका लागी मस्जिदको एक भागमा ठड्याइएकोे ठूलो क्रेन त्यहाँको मस्जिदमा खसेको थियो ।

विश्वभरबाट हजका लागी यहाँ आउने लाखौं मुसलमानहरुलाइ हज यात्राका लागि स्वागतको तयारी भइरहेको थियो । हज सुरु हुन १० दिन बाँकी रहँदा हजका लागी बिश्वभरबाट अहिलेसम्म दश लाख मानिसहरु साउदी आईसकेको यहाँका स्थानिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

haj accident 1086933461