दुबई । फिस्टेल कन्सर्टको दोस्रो शृङ्खलामा पछिल्लो समय ढाडे बिरालो…बोलको गीतमा मोडलिङ गरी विवादमा तानिएकी ग्ल्यामरस लोकगायिका ज्योति मगरकासाथ गायक शिव परियार आउने हल्लाले दुबईका नेपालीहरु उत्साहितभएका छन् ।
ज्योति मगर र शिव परियारलाई पहिलोपटक दुबईको मञ्चमाउतार्न कम्मर कसेर लागेका आयोजक बिक्रान्त कार्कीले यसपालिको कन्सर्ट एतिहासिक रुपमा सञ्चाल नगर्ने बताएका छन् ।
यसअघि ज्योति यूएईका एलऐन सहरमा आएर बबाल प्रस्तुति दिइसकेपनि दुबईका नेपाली दर्शकहरुका लागि ज्योति र शिव पहिलो पटक पाइला टेकाउन आफू सफल हुन लागेको आयोजक कार्कीले बताएका छन् ।
आफ्नो पहिरन तथा फरक प्रस्तुतिकाकारण धेरै युवाहरुको रोजाइमा पर्न सफल ज्योतिले यूएईको देरामा रहेको एसियाना होटलको नाइट क्लबमा उत्तेजक पहिरनका साथ गीत गाउने र बबाल धमाका मच्चाउने अर्का आयोजक प्रवासी नेपाली ग्रुपका समिम खानले दाबी गरेका छन् ।
त्यसरी नै अस्टेलियाबाट पप गायिका स्मृति पोखरेलले आफ्ना लोकप्रिय गीतहरु यूएईबासी नेपालीहरुमाझ पस्कने छिन् ।
नेपाली पप गायनको क्षेत्रमा चर्चाको शिखर चढ्दै गएका गायक बादल प्रसाई र रमेश क्षितिजपनि कन्सर्टको सफलताका लागि नेपालबाट आउने भएका छन् ।
उद्घोषकका रुपमा फिस्टेलको पहिलो कन्सर्टमा स्टेज तताउन सफल आरजे सुशील नेपाल दोहोरिने आयोजक कार्कीले बताए ।
देराको पाँचतारे एसियाना होटल साँझ ४ बजेदेखि ९ बजेसम्म चल्तीका नेपाली कलाकारलाई भेलापार्न कस्सिएका विक्रान्त कार्कीले पहिलो कन्सर्टमा भएका कमजोरीहरुलाई सुधार गरी दोस्रो शृङ्खलालाई भव्य, सभ्य र पूर्ण मनोरन्जनात्मक बनाउने दाबी गरेका छन् ।















प्रतिक्रिया