अहिले मुलुक संविधान निर्माणको अन्तिम चरणमा छ । दोस्रो संविधानसभाको सार्थकता सिद्द गर्ने चरणमा मुलुक प्रवेश गरिरहँदा अहिले देशका विभिन्न भू–भाग तातिएको छ । पहिलो संविधानसभाको असफलतापछि दुर्घटित बन्नबाट जोगिएको मुलुकमा दोस्रोपटक संविधानसभाको निर्वाचनमार्फत गठित संविधानसभाले संविधान दिनुको अर्को विकल्प छैन । संविधान निर्माणको अन्तिम गृहकार्य भैरहँदा देशमा विभिन्न मागमा आन्दोलन पनि भैरहेको छ । संविधानमा आफ्नो अनुकुलता खोज्नुलाई स्वभाविक स्वार्थकै रुपमा लिनु पर्दछ । नेपाली जनताले एक थान संविधान खोजेको पक्कै होइन । तर सँगसँगै अन्तरिम संविधान र संक्रमणकालिन अवस्थामै देशलाई राखिराख्ने चाहना पनि सायदै कुनै नेपालीमा होला ।

अहिले मुख्यतः मुलुकमा संघीयताको माग र धार्मिक सवाल गरी दुई कोणवाट आन्दोलन भैरहेको देखिन्छ ।
धार्मिक सवालका सन्दर्भमा पनि धर्म निरपेक्षता कि धार्मिक स्वतन्त्रता अथवा हिन्दु राज्य गरी तीन कोण देखिएको छ । जसमा धर्म निरपेक्षताको मुद्दामा मुख्य दलहरुका बीचमा सहमति सुनिश्चित जस्तो देखिएको छ । यो मुद्दाबाहेक अर्को चोटिलो मुद्दाको रुपमा संघीय राज्यको सवाल वनेको देखिएको छ । संघीय राज्यको मागले अहिले धेरैको ज्यान समेत गएको छ । नेपालको तल्लो भाग अशान्त छ । थरुघट र मधेश राज्यको मागले तल्लो भूभाग तताइएको छ । त्यसो त जातका आधारमा लिम्वुवान माग्ने, मगरात माग्ने, तमुवान माग्ने अनि अरु अरु पनि माग्नेहरु पनि छन्, सुस्त सुस्त ती माग पनि गत संविधानसभाको समयमा जसरी समाधानको जटिल मुद्दा वनेको थियो, त्यही चरणमै ती माग पनि हुर्किन खोजेको आभाष भैरहेको छ ।
तर, अहिलेको चोटिलो मुद्दा मधेश र थरुहट बनेको देखिन्छ । जनकपुरको भेटीवाट चल्न नसक्ने सिमाकिंत मधेश प्रदेशको भुभागलाई बढाउन तल्लो भूभाग तताइएको छ । यसको नेतृत्व फेरि पनि उनै नेतावाट भैरहेको छ, जसलाई बर्षौदेखि तल्लो भूभागमा वस्ने उनीहरुकै शब्दमा भन्दा मधेशीहरुले चिनिरहेको पात्रबाट । वर्षौदेखि सत्तामा रम्दै आएकाहरु फेरि आफूलाई शोषितका हिमायतीका रुपमा परिभाषित गर्न उद्दत छन् । हो, मधेशमा समस्या छ, मधेशी समस्यासँग जुधिरहेका छन् त्यसमा अन्यथा छैन । तर मुख्य सवाल गरिवी र अशिक्षाका कारण समस्या हो या उनीहरुकै शब्दमा भन्दा अरु जातकाले दवाएर भएको हो, खास को बाट उनीहरु दविएका छन् त्यो छातीमा हात राखेर इमान्दारीपूर्वक सोच्दा ती आन्दोलनमा होमाइएकाहरुले सहजै ती पात्रलाई सहजै भेट्न सक्छन् ।
अहिलेको आन्दोलन नेतृत्व गरेकाहरुवाटै हेर्न सकिन्छ, एकजना मात्रै मन्त्री पाउँदा पनि पार्टीमा अरु कोही नपाएर आफू नै आधा दर्जन पटक पुग्ने छन्, उपप्रधान नपाएपछि सरकारमा जान हुन्न भनेर निर्णय गराउनेहरु छन्, समानुपातिका एक जना सभासद् पाउँदा राजनीति गर्दै नगरेका श्रीमतीलाई सभासद् बनाउने छन्, पैसामा समानुपातिक सिट बेच्नेहरु छन्, कृतग्न नहुँदा डरको राजनीति गर्न पनि पछि नपर्ने नेता पनि देखिएकै छ, अनि गरिबीको फाइदा लिएर ५० लाख ज्यानको मुल्य राख्ने नेतृत्वले मधेशका हामी जनतालाई कसरी बुझिरहेका रहेछन् भन्ने त्यसले पनि प्रष्ट्याएको छ ।
अब रह्यो कुरा मधेशीको, को हुन् मधेशी ? हामी कसलाई मधेशी भन्न खोजिरहेका छौं । नेपाल राष्ट्र भित्र सबै नेपाली हुन्, यस भित्र पनि हामी छुट्टाउन खोज्दा पश्चिमेली, सुदूरपश्चिमेली, पूर्वेली आदि भनौंला । अझ जिल्लागत जाँदा पाल्पाली, स्याड्जाली, झापाली, दंगाली अरु अरु । अझ भनौं क्षेत्रगत कुरा गर्दा हिमाली, पहाडी अनि तराईवासी या भनौं मधेशी । अब यहाँनेर जव हामी भुगोलको आधारमा यसलाई परिभाषित गर्दा तराई मधेशमा बस्ने आम मधेशी नै हुन् यदि यसो होइन भने भुगोल नभई जातको आधारमा मधेशी भन्न खोजिएको हो । यदि जातको आधामा मधेशी भन्दा यादव, शुक्ल, साह आदि आदि । यी जात धेरै हुन सक्लान् अनि उसो भए के अरु मधेशी होइनन् ? हामी के चाहिरहेका छौं । अनि के उसो भए अहिले बस्दै आएका अरु जनताको चाहना के त्यो वुझ्न आवश्यक छैन । पक्कै पनि अहिले भैरहेका आन्दोलनलाई सम्वोधन गर्ने दिशामा सरकार र खासगरी मुख्य राजनितिक दलको चासो हुनु आवश्यक छ, तर माग सम्वोधन गरिरहँदा समग्रताको ख्याल गरिनु आवश्यक छ । अहिलेको आन्दोलनले समग्रताको ख्याल गरेको छैन् यसमा अन्यथा छैन । यदि समग्रताको ख्याल गरिएको हुन्छ भने त्यसले के प्रष्ट्याउँदछ भने भूगोलको आधारमा मधेशी हो जातका आधारमा होइन ? अहिलेको आन्दोलनको नेतृत्व र मागले किन त्यस्तो प्रतिविम्व दिन सकेको छैन । अर्कोकुरा हामी कसरी मधेशलाई बुझिरहेका छौं, किन जर्वजस्ती मधेशीलाई मदेशी वनाउन खोजिएको छ, हामी मधेश चाहन्छौं मदेश होइन, यसलाई सही ढंगवाट ग्रहण गरिनु जरुरी छ । रह्यो कुरा इतिहासको अहिलेको नेतृत्ववर्गकै व्यक्तिको पुर्खा हेरौंँ कहिलेदेखि मधेशमा छन् । अनि हेरौं, उनीहरुको शब्दमा पहाडी भन्नेहरुको । त्यतातर्फ चर्चा गर्दा घाटा अन्तिममा फेरि देशलाई नै हुन्छ हामी किन देशलाई घाटा पुर्याउन उद्दत छौं, जो हामी छौं हामी सबै नेपाली हौं, हो तराई मधेश दुखेको छ, पछि परेको छ या भनौं पारिएको छ, सत्तामा हुनेले गरेनन्, गर्छौ भनेर पुगेकाले पनि के नै गरे र !
अहिलेको आन्दोलन नेतृत्व गरेकाहरुवाटै हेर्न सकिन्छ, एकजना मात्रै मन्त्री पाउँदा पनि पार्टीमा अरु कोही नपाएर आफू नै आधा दर्जन पटक पुग्ने छन्, उपप्रधान नपाएपछि सरकारमा जान हुन्न भनेर निर्णय गराउनेहरु छन्, समानुपातिका एक जना सभासद् पाउँदा राजनीति गर्दै नगरेका श्रीमतीलाई सभासद् बनाउने छन्, पैसामा समानुपातिक सिट बेच्नेहरु छन्, मन्त्री बन्न सत्तामा रहन राप्रपा हुँदै अहिले पक्का मधेशीका प्रतिनिधि बन्नेहरु छन्, सरकारमा जान पार्टी फुटाउनेहरु छन्, सरकारमा जान पार्टी छोडेर तीन जना सांसद बोकेर पार्टी खोल्नेहरु छन्, पटकौंपटक सांसद चुनिनेहरु छन्, जमिन्दारी प्रथालाई प्रोत्साहित गर्नेहरु छन् अझ भन्दा मधेशका जनतालाई अरु बेला तपाईँ भनेर सम्वोधन समेत नगर्नेहरु छन् । यसको आभाष तीनै कार्यकर्ताहरुले पनि गरेकै होलान् । मैले यसो भनिरहँदा व्यक्तिगत चरित्रमाथि टिप्पणी गर्न चाहेको होइन, केवल मधेशमा परिवर्तन जरुरी छ तर यो बाटो ठीक छैन फेरि पनि उही दिन दोहोर्याउन सिँढी मात्र यो नबल्ला भनेर भन्न सकिन्न ।
मधेशका समग्र समस्याको समाधान एउटा मधेश प्रदेश कदापि हुन सक्दैन । प्रदेश निर्माण गर्दैमा समृद्धिमा भर्याङ खडा हुने होइन । पात्र अनि प्रवृत्ति उही अनि संरचना नयाँ यो सम्भव हुँदैन । महाजनी नेतृत्ववाट अघि बढेको मधेश आन्दोलन फेरि पनि जमिन्दारी प्रथामै टुंगिन्छ, सा’प भनेको सुन्न रुचाउनेहरुबाट सहयात्राको डुंगा सयर हुन सक्दैन । म पनि आफू मधेशकै जिल्लाको बासिन्दा भएकाले बुझ्दछु मधेशमा के छ, अशिक्षित र गरिबीको फाइदा कसले उठाइरहेका छन् । खेत गर्न दिएर जीवनभर उसको परिवार अनि समग्र गाउँसम्म कृतग्न राख्ने नेता पनि हामीले देखेकै छौं, सायद यसले तीनै आन्दोलनमा आएकाहरु पनि मर्माहित भएकै होलान् । कृतग्न नहुँदा डरको राजनीति गर्न पनि पछि नपर्ने नेता पनि देखिएकै छ, अनि गरिवीको फाइदा लिएर ५० लाख ज्यानको मुल्य राख्ने नेतृत्वले मधेशका हामी जनतालाई कसरी बुझिरहेका रहेछन् भन्ने त्यसले पनि प्रष्ट्याएको छ ।
मधेश जे छ ठीक छ भन्ने होइन, धेरै गर्नुछ संविधान निर्माण अनि नयाँ निर्माणको चरणमा आवाज उठाइनु यो सही हो र समय पनि सही हो तर नेतृत्व, संकुचित घेराभित्रको माग र अनि प्रवृत्ति ठीक होइन । यसले फेरि पनि जमिन्दारी प्रथालाई नै अझ बढी बलियो वनाएर लैजान्छ, यही हिसाबले मात्रै आन्दोलनको माग सम्वोधन भए जमिन्दारको पदले वैधानिकता पात्र गर्नेछ । रह्यो कुरा मधेश प्रदेश हुनै हुँदैन त भन्ने होइन । नाम जे राख्दा पनि हुन्छ तर त्यसको संरचना सही हुनुपर्छ, नाम नै प्रधान हो भने नेपालको मध्य भाग जोड्दा के फरक पर्छ, पहिचानको आधारसँगै सामथ्र्यको खोजी अहिलेको आवश्यकता हो, पहिचान मधेश हो भने सामथ्र्य के त ?
लेखक रुपन्देहीका पत्रकार हुन् ।














प्रतिक्रिया