रुपन्देही, २५ साउन । सबल नेपाल राष्ट्रिय साप्ताहिकको आयोजनामा आइतबारबाट बुटवलमा अन्तर मिडियाकप फुटसल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा रुपन्देहीका छापा तथा बिद्युतीय मिडिया हाउस गरि १२ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक दिपक न्यौपानेले जानकारी दिए । प्रतियोगिता लुम्बिनी फुटसल एरिना योगीकुटीमा २ दिनसम्म चल्नेछ ।
प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको सबल नेपालका प्रधान सम्पादक अमृत पाण्डेले बताए । अक्षयकोष स्थापनाको लागि रुपन्देहिका बिभिन्न मिडिया हाउसकाबीचमा पहिलो पटक फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
कार्यक्रमबाट संकलित रकमको ब्याजले प्रत्येक बर्ष रुपन्देहीका एक पत्रकारलाइ कुनै एक बिधाको पत्रकारिता पुरस्कार प्रदान गरिने बताइएको छ । साथै प्रतियोगिताको बिजयी टिमलाई शिल्ड, प्रमाणपत्र सहित सम्मान गरिने छ भने, उत्कृष्ट खेलाडीलाई समेत सम्मान गरिने खेल संयोजक न्यौपानेले बताए । प्रतियोगिताको उद्घाटन आइतबार बिहान ११ बजे एक कार्यक्रमकाबीच हुनेछ ।















प्रतिक्रिया