३० आश्विन २०८३, शुक्रबार

मेक्सिकोविरुद्ध मेस्सीको उत्कृष्ठ गोल, अर्जेन्टिना हारबाट जोगियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Messi1काठमाडौं, २४ भदौ । मेक्सिकोसँगको मैत्रीपूर्ण फुटबल खेलमा स्ट्राइकर लियोनल मेस्सीले उत्कृष्ठ गोल गर्दै अर्जेन्टिनालाई हारबाट जोगाएका छन् ।

बुधबार राति डालसमा भएको खेलको अन्तिममा मेस्सीसँगै स्ट्राइकर सर्जिओ एग्युरोले गोल गरेपछि अर्जेन्टिनाले मेक्सिकोसँग २–२को बराबरी खेलेको हो । खेलको सुरुवातमै २ गोल खाँदै पछि परेको अर्जेन्टिनाले अन्तिम समयमा उत्कृष्ठ पुनरागमन गर्दै बराबरी खेलेको हो ।

खेलमा मेक्सिकोले १९ औं मिनेटमा हर्नान्डेजको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । ७० औं मिनेटमा हरेराले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर पारे ।

७६ औं मिनेटमा अर्जेन्टिनाका कार्लोस टेभेजको स्थानमा सर्जिओ एग्युरो मैदान प्रवेश गरे । ८५ औं मिनेटमा एग्युरोले गोल गरे । त्यसपछि खेलको ८९ औं मिनेटमा मेस्सीले ग्युरोको पासमा गोल गर्दै अर्जेन्टिनालाई हारबाट जोगाए ।