२९ आश्विन २०८३, बिहिबार

भियतनामले मानव निर्मित मुटुलाई प्रयोगमा ल्याउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Heart Mutuहोचिमिन्ह(भियतनाम), २२ भदौ । फ्रान्समा निर्मित मानव मुटुले कैयौँ अन्तिम अवस्थाका भियतनामी मुटुका बिरामीलाई राहत दिने विश्वास गरिएको यहाँको स्थानीय अनलाइन पत्रिका टुबोइ ट्रेले सोमबार जनाएको छ ।

यसको प्रत्यारोपणबाट धेरै बिरामीलाई हृदयघात हुनबाट जोगाउने विश्वास गरिएको छ ।

फ्रान्सका प्राध्यापक उलान कार्पेन्टिर र उनका सहयोगीद्वारा निर्मित उक्त मुटुले वास्तविक मानव मुटुले जस्तै काम गर्नसक्ने होचिमिन्ह सहर मुटु प्रतिष्ठानले दाबी गरेको छ ।

कार्पेन्टियरले इन्जिनियर तथा गणित विषय विज्ञको सहायतामा बनाइएको मुटुलाई भियतनामका गरिब समुदायका मुटुरोगी निकट भविष्यमा निःशुल्क रूपमा प्रत्यारोपण गरिने बताइएको छ ।

मुटुको प्रत्यारोपणपछि मानव निर्मित उक्त मागलाई शरीरसँग सहकार्य गराउनका लागि कुनै किसिमको औषधिको प्रयोग गर्न नपर्ने, उक्त मानव निर्मित मुटुको आविष्कारक फ्रान्सेली प्राध्यापक कार्पेन्टियरले बताउनुभयो । सिन्ह्वा