– विजय थापा
वाशिंगटन डिसी । घानाको राजधानी आकरामा एनआरएनए घानाको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
उक्त सभाले मिनबहादुर मगरको अध्यक्षमा सन् २०१५-२०१७ का लागि नयाँ कार्य समिति चयन गरेको छ । जसमा पदम राना उपाध्यक्ष, बैकुण्ठ पौडेल महासचिब, दान बहादुर तामाङ सचिब तथा कपिल खरेल कोषाध्यक्षमा चयन भएका छन् ।
त्यसैगरी प्रियाम्बदा जोशी महिला संयोजक, जगननाथ पाठक युबा संयोजक र सदस्यहरुमा कृष्ण ठकुरी, गगन थापा, रोशन श्रेष्ठ तथा होम बहादुर बुढामगर निर्बाचित भएका छन् ।
साधारणसभाले घानाबाट आइसीसी सदस्यमा निबर्तमान अध्यक्ष डा हरिकृष्ण बाँस्कोटालाई पठाउने निर्णय गरेको छ । सभाले अफ्रीका क्षेत्रीय संयोजक हिक्मत थापाले आइसीसी कोषाध्यक्ष पदमा दिएको उम्मेदवारीलाई समर्थन गर्दै आबश्यक सहयोग गर्ने निर्णय समेत गरेको छ ।
सभाले गत बर्षको प्रगति बिबरण र आर्थिक विवरणलाई स्वीकृत गर्दै नयाँ कार्यकालका लागि योजना र बजेट समेत तर्जुमा गरेको छ ।
















प्रतिक्रिया