३० आश्विन २०८३, शुक्रबार

सिड्नी बन्यो गजलमय, गजल मुशायरा २०१५ सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

received_10152645205724364सिड्नी । एक सय ५० औं मोती जयन्तीको अवसरमा अस्ट्रेलियाको सिड्नीमा गजल मुशायरा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाली कला संस्कृती तथा साहित्य प्रतिष्ठान, साताको साहित्य र रचना वाचनद्वारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा सिड्नीका गजलकारहरुले गजल प्रस्तुत गरेका थिए ।

करिव तीन घण्टासम्म चलेको उक्त कार्यक्रममा गजल वाचनको साथमा गजल गायन र नृत्य पनि प्रस्तुत गरिएको थियो ।

सिड्नीका गजलकारहरु महेश्वर शर्मा, भीम न्यौपाने, भीमसेन सापकोटा, बिज्ञान कँडेल, दीपक निरौला, बिष्णु सापकोटा, विनायक अधिकारी, निरज जोशी, महेन्द्र पौडेल, जितेन्द्र मल्ल, निष्प्रभ सजी, सजल नयन, सुरजदेव श्रेष्ठ, गोपी दवाडी र आलोक कोइरालाले आआफ्नो गजलहरु वाचन गर्नु भएको थियो ।

प्रदीप चापागाईं, मोक्षदा सिलवाल, इश्वर पोखरेल र संजीव पराजुलीले गजल गाउनु भएको थियो भने दीपा भट्टराई र दीपिका वस्यालले नृत्य प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम सुरेन्द्र दवाडीले संचालन गर्नु भएको थियो ।

सिड्नीमा आयोजित हुने प्रायः कार्यक्रमहरुमा भाषण लगायतका औपचारिक क्रियाकलापहरुबाट दिक्क हुने गरेका दर्शकहरुले यस कार्यक्रममा त्यसबाट छुटकारा पाएका थिए किनकि यस कार्यक्रममा त्यस किसिमको कुनै पनि औपचारिक कार्यक्रम समावेस गरिएको थिएन ।

कार्यक्रम गजलबाट सुरु भएर गजलमा नै अन्त्य भएको थियो। दर्शकहरुको वाक्लो उपस्थिति रहेको सो कार्यक्रममा प्रस्तुत हरेक गजलहरुमा वाह वाह र ताली गुञ्जिएको थियो।

उपस्थित दर्शक हरुमध्येका एक वरिष्ठ गीतकार एवं साहित्यकार नवराज कार्कीले कार्यक्रम अत्यन्तै उत्कृष्ट र स्तरिय रहेको टिप्पणी गर्नु भयो ।

कार्यक्रममा नेपाली समुदायका अग्रज अविभावकहरु इन्द्रा वन, डा नारायण प्रधान, एनआरएन अस्ट्रेलियाका नव निर्वाचित अध्यक्ष सुरेन्द्र सिग्देल, समाजसेवी भरत पोखरेल, नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाकी पूर्व अध्यक्ष जानकी पौडेल तथा वर्तमान अध्यक्ष सुजाता के सी, वरिस्ठ साहित्यकारहरु नवराज कार्की र केदार पोखरेलको उपस्थिति रहेको थियो ।

गत वर्षको कार्यक्रमको भव्य सफलताबाट प्रेरित भएर यो पटक अझै बिस्तृत स्वरुपमा कार्यक्रम आयोजना गरिएको र गजल मुशायरालाई परम्पराको रुपमा स्थापित गरेर आगामी सालहरुमा पनि निरन्तरता दिइने गजलकार जितेन्द्र मल्लले जानकारी गराउनु भयो।