३० आश्विन २०८३, शुक्रबार

साउदीमा नेपाली कामदारका समस्या समाधानमा पहल गर्न सबै एकजुट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nrna antarkriya1832834_n

– एनपीप्रधान (भरत)
साउदी अरब । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरेबियाले शुक्रबार रियादमा प्रवासी नेपाली कामदारका समस्या र समाधानका उपाय बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सो अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले सरकारले बैदेशिक रोजगारीलाई सुरक्षित एवं कामदार मैत्री बनाउन नसकेकै कारण प्रवासी श्रमीकहरुले दुःख भोग्नु परेको बताएका छन् ।

सहभागीहरुले नेपाली श्रम र सीपको उचित मूल्यांकन सहितको श्रम सम्झौता हुन नसक्दा नेपाली कामदारहरु समस्यामा पर्नु परेको औल्याउँदै सहभागीहरुले सेवा सुबिधालाई ध्यानमा राखेर श्रम सम्झौता गर्नुपर्नेमा जोड दिए । सहभागीहरुले नेपाली कामदारका तलब, सेवा सुबिधालाई ध्यानमा राखेर मात्र श्रम सम्झौता गर्नुपर्नेमा जोड दिएका हुन् । साउदीमा रहेका अधिकांश नेपाली कामदारहरुले अझैपनि नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप न्यूनतम तलब तथा सेवा सुबिधा समेत पाउन नसकेको भन्दै उनीहरुले गुनासो गरेका छन् । रोजगारदाता कम्पनीसंग भएको सम्झौताअनुसारको न्यूनतम सेवा सुबिधा नपाउनु नै साउदीमा रहेका नेपाली कामदारहरुका सबैभन्दा ठूलो समस्याको रुपमा देखा परेको सहभागीहरुले बताए ।

बैदेशिक रोजगारमा जाने ब्यक्तिको सीप, क्षमता, पठाउने एजेन्सी, रोजगारदाता, दुबै देशका सरकारहरुका नीति तथा ब्यबहारमा समन्वय हुन नसक्दा पनि समस्या देखा परेका उनीहरुको बुझाई छ । कमजोर सरकारी नीति र मेनपावर कम्पनीको लार्पाबाहीका कारण सम्झौता अनुसारको काम नपाउनु, तोकिएको अवधीभन्दा बढी काम गर्नुपर्ने बाध्यता, बिमाको समस्या, काम गर्ने शिलशिलामा मृत्यु भएकाहरुको शव पठाउन ढिलाई हुने लगायतका समस्याहरु साउदीमा ब्याप्त रहेको उनीहरुको भनाई थियो ।

कार्यक्रममा बोल्दै साउदीका लागि नेपाली कार्यबाहक राजदूत आनन्द प्रसाद शर्माले नेपाली कामदारको हकमा साउदीमा धेरै समस्याहरु देखा परेका उल्लेख गर्दै ति समस्याहरु समाधान गर्न दूतावासले प्रयास गरिरहेको बताए । कार्यबाहक राजदूत शर्माले बैदेशिक रोजगार प्रबद्र्धन ऐन संसोधन गर्ने क्रममा रहेकोले नेपाली कामदारका समस्या समाधानका लागि आवश्यक प्रावधानहरु ऐनमै समाबेश गरेर लागु गरिने बताए । साउदीमा नेपाली कामदारको माग हुँदा दूतावास मार्फत् हुनुपर्ने ब्यबस्था ऐनमा समाबेश गर्न पहल गरिने धारणा राखे । उनले साउदी अरबको आफ्नै निती नियम, ऐन र प्रावधानहरु रहेका कारण पनि साउदमा ज्यान गुमाएका नेपाली श्रमिकको शब पठाउन ढिलाई हुने गरेको जनाए । नेपाली कामदारका तलब, बिमा लगायत अन्य सेवा सुबिधाहरु लागु गराउनका लागि दूतावास गम्भीर रहेको शर्माको भनाई थियो ।

नेपाली दूतावास साउदीका श्रम सहचारी कृष्णप्रसाद दवाडीले साउदी अरबसंग श्रम सम्झौता नभएकै कारण नेपाली कामदाहरुमा समस्या देखा परेको बताए । नेपाल र साउदीबीच श्रम सम्झौता गर्ने प्रयास भईरहेका उल्लेख गर्दै दवाडीले खाडी मूलुक र मलेसियाका लागि छुटै खालको ऐन बनाउनुपर्ने धारणा राखे । नेपाल सरकारले साउदीका लागि न्यूनतम तलब एक हजार साउदी रियल तोकेको भएपनि सो बराबरको सेवा सुबिधा नेपाली कामदारले पाउन नसकेको उनले बताए ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ साउदीका अध्यक्ष नारायण पासवानले प्रवासी श्रमिकहरुका समस्या समाधानका लागि सरोकारवालाहरु एकजुट भएर सम्बन्धीत निकायलाई दबाब दिनुपर्ने बताए । तलब, सेवा सुबिधाका बिषयमा रोजगारदाता कम्पनीसंग प्रवासी श्रमीकहरुको कागजी सम्झौता मात्र हुने गरेको उल्लेख गर्दै अध्यक्ष पासवानले त्यसलाई ब्यबहारिक ढंगबाट कार्यान्वयन गर्न पहल गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा संघका संस्थापक छोटु थापा, सल्लाहकार डोर बहादुर कार्की, मिठीला एकता समाजका अध्यक्ष सुनिलकुमार गुप्ता, सहभागीहरु भोलापौडेल, ढल बहादुर थापा, सत्य नारायण केसी, बिष्णु पौडेल, उमेश भट्टराई लगायतले बोल्दै साउदीमा नेपाली श्रमीकका समस्या चौतर्फी क्षेत्रमा रहेकोले त्यसको समाधानका लागि दूतावासले थप सक्रियता बढाउनुपर्र्नेे धारणा राखेका थिए । कार्यक्रम संघका सदस्य नारायण वाग्लेको सञ्चालनमा सम्पन्नभएको थियो ।