२९ आश्विन २०८३, बिहिबार

रक्षा धागो बाध्न गएका दाईले बहिनीको सिउँदोमा सिन्दुर हालेपछि…!

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

womenएजेन्सी । रक्षा धागो बाध्न आएका एक युवकले बहिनीको सिउँदोमा सिन्दुर हालेका छन् ।

रक्षा धागो बाध्ने वहानामा थाना क्षेत्रको एक इन्टर कलेजमा विद्यालय समयको प्रेममा पागल भएका पुराना छात्रले विद्यालयमा १० कक्षामा पढ्दै आएकी एक छात्राको सिउँदोमा सिन्दूर भरिदिएका छन् । र छात्रालाई पत्नी बनाउने धम्की दिँदै कलेजबाट फरार भएका छन् ।

रक्षा बन्धनका दिन आरोपीले छात्रालाई बहिनीको साइनो लगाउँदै उनीबाट राखी बाध्ने बहाना बनाएर कलेजभित्र छिरेका थिए । विद्यार्थी र शिक्षकहरुले आरोपीलाई समात्ने प्रयास गरेपनि सफलता मिलेन् । आरोपीविरुद्ध कारवाहीको मांग गर्दै पीडित छात्राका परिवार र प्रधानाध्यापकले पुलिस चौकीमा मुद्दा हालेका छन् ।

गाउँ मुरलीवालाका एक छात्र गएको वर्ष सम्बन्धित कलेजमा ११ कक्षमा पढ्थे । परीक्षामा फेल भएपछि उनले कलेज छाडिदिए । जब त्यहाँ पढ्थे, तब उनको प्रेमसम्बन्ध छिमेकी गाउँकी तल्लो कलासकी छात्रासँग भयो ।

पूरानो प्रेम उनी परीक्षामा फेल भएपनि टुट्यो । आरोप छ कि शुक्रवार दिउँसो चौकीदारलाई बहिनीलाई रक्षा धागो लगाइमाग्न जान लागेको भन्दै छात्राको कक्षाभित्र प्रवेश गरे । त्यती बेला कलास चलिरहेको थियो ।

त्यसैबेला उनले छात्राको सिउँदोमा सिन्दूर भरिदिए । आरोपी छात्रले आफूसँगै राखी पनि बोकेर ल्याएका थिए ताकि कोही पनि उनीमाथि शंका नगरोस् । प्रहरीका एसपी सत्पाल सिंहले घटनाको अनुसन्धान गरेर कारवाही प्रक्रिया अगाडि बढाइने बताए ।