नेपाल एउटा सार्वभौम् मुलुक हो । बहुल धर्म, बहु जाती, बहु भाषिक, बहु सांस्कृति भएको मुलुक हो । नेपालमा कुनै पनि एउटै भाषा, धर्म, जाति र संस्कृति छैन । विविधतामा एकता भएको राष्ट्र हो । जुन सुकै भाष, धर्म, जात, सस्कृती भए पनि हामी नेपाली हो ।
हिमालको चिसोमा बस्ने मानिस हो या तराईको प्रचण्ड गर्मीमा बस्ने नागरिक जो भएपनि हामी सबै नेपाली हो । हाम्रो देश नेपाल हो । हामी नेपालभित्र बसोबास गर्ने बासिन्दा हौं । हामी बसोबासको हिसाबले नेपालको कुनै पनि स्थान पूर्व, पश्चिम, उत्तर, दक्षिण जुनसुकै स्थानमा बसेपनि हामी नेपालको भूमिमा बसिरहेका छौं ।
हामीले नामाकरणको लागि एक आपसमा झगडा गर्नु भन्दा पनि यो राज्यभित्र बस्ने नागरिकहरुका हक अधिकारहरु कति सुनिश्चित गर्न सकिन्छ भन्ने कुरामा ख्याल गर्न जरुरी छ । सरकारले राज्यभित्र बसोवास गर्ने नागरिकका हक अधिकारहरु जबसम्म सुनिश्चित गर्दैन, तबसम्म हामी नागरिकहरुको हित हुँदैन । यो अखण्ड र थारुवान, थरुहट भन्दै आन्दोलन गर्नु वाईयात हो ।
जसरी हिमालमा मुल भएर पहाड हुँदै तराईसम्म पुग्ने पानी जसरी सलल बगिरहन्छ निरन्तर त्यसरी हामी नेपाली नेपालीबीचको माया पनि सलल बगेको छ । हिमाललाई चोट लाग्दा तराईलाई दुख्छ तराईलाई चोट लाग्दा हिमाललाई दुख्छ । हिमालमा पानी पर्दा पूर्वदेखि पश्चिम सम्मका उत्तरबाट दक्षिण भएर बग्ने नदीनालाहरुबाट हिमाल पहाड हुँदै पानी तराईसम्म पुग्छ ।
तराईका सम्म परेका फाँटहरुमा सिँचाई गरिन्छ । हिमालको पानी पाएर त्यो उर्वर भूमिमा मनग्य अन्नवाली फल्छ । फलेको अन्नवाली आफूलाई चाहिने जति राखेर अरु ति हिमालका नागरिकहरुलाई पठाईन्छ । उनीहरुले पनि त्यो तराईको फाटमा फलेको मसिनो चामलको भात, गहुको रोटी, मसुरोको दाल मिठो मानी मानी खान्छन्, हिमालको त्यो चिसो पानीसंगै ।
प्रकृतिले पनि कस्तो सम्बन्ध गाँसिदिएको हामी नेपालीहरुको । चुरेको फेदीमा नेपालको एक मात्र राजमार्ग महेन्द्र राजमार्ग छ । जुन बाटो नेपालका विभिन्न स्थानमा जानका लागि प्रयोग गर्नुपर्छ । हिमालका मानिस तराईका फाटमा झर्दा होस् या तराईका मानिस पहाडमा चढ्दा होस् । त्यो राजमार्गलाई नभेटाई हामी जानै सक्दैनौ । यसले पनि हामी नेपालीको एक अर्का प्रतिको सद्भाव कायम राखेको छ ।
हिमालको भोटेले होस्, पहाडको क्षेत्री बाहुनले होस् या तराईको थारुले होस् नेपालको एक स्थानबाट अर्को स्थानमा जानको लागि चुरेको फेदीमा रहेको त्यो पूर्वपश्चिम राजर्मागसंग जोडिनै पर्छ । किनकी हामी नेपाली हौ हाम्रो त्यो राजमार्गसंग सदियौ देखिको नाता छ ।
हामी भाषा, धर्म, जातजातीमा जे भएपनि मन हाम्रो नेपाली हो । यो एकताको सन्देशलाई पछिल्लो पटकका राजनीतिक घटना क्रमले केही फाटो हालेको देखिन्छ । एक अर्का प्रतिको विश्वास टुट्ने सम्भावना देखिन्छ । यसमा हामी सबै नागरिकहरुले सचेत हुन जरुरी छ । हामी नेपालका नागरिक नेपाली हौ हाम्रो देश नेपाल हो ।
हामी नेपाली नेपालीबीच सद्भाव कायम छ । पछिल्लो पटक यो सद्भाव कतै खल्बलिन्छकी भन्ने डर पनि कता कता लागिरहेको छ । त्यसैले हामी यो सदियौ देखिको सद्भावलाई कायम् राखौं, यसैमा हामी सबै हित हुने छ । नभए हामी भाइ भाइ लडेको खण्डमा हाम्रो हातमा शुन्य हुनेछ र फाईदा कुनै अर्कै पक्षले लिने निश्चित छ ।
यसैमा यो सुन्दर सुदूरपश्चिम आफैमा सुन्दरताको खानी त्यसैमा हामीहरुबीचको एक आपसी सद्भावले सुनमा सुगन्ध थपिरहेको अवस्था हो । तर राज्यले भने यसलाई कहिले पनि न्याय गरेको छैन । यसमा कसैको पनि दुई मत नहोला । कर्णाली वारीका नागरिकहरुलाई राज्यका नागरिक सरह पनि नहेरेको अवस्था देखिन्छ । यसैमा माहीहरुबीच फुट भएर अलग अलग भयौ भने हामी सुदुरपश्चिमवासीका समस्याहरु ज्यूका त्यू रहनेछन् ।
देश संघीयतामा गईरहेको अवस्थामा यो अखण्ड र थरुहट भन्दै सुदूरपश्चिमवासी दुई चिरामा देखिए पछि न यो अखण्ड सुदूरपश्चिम भन्नेलाई यसले राम्रो गर्छ न थरुहट भन्नेलाई राम्रो गर्छ । यसमा हामी सबै पक्ष मिलेर गएको खण्डमा सबैका लागि हितकारी हुनेछ । राज्यको नामाकरणको सवालमा थारुवान थरुहट वा अखण्ड राख्दा कुनै फरक पर्दैन ।
हामीले नामाकरणको लागि एक आपसमा झगडा गर्नु भन्दा पनि यो राज्यभित्र बस्ने नागरिकहरुका हक अधिकारहरु कति सुनिश्चित गर्न सकिन्छ भन्ने कुरामा ख्याल गर्न जरुरी छ । सरकारले राज्यभित्र बसोवास गर्ने नागरिकका हक अधिकारहरु जबसम्म सुनिश्चित गर्दैन, तबसम्म हामी नागरिकहरुको हित हुँदैन । यो अखण्ड र थारुवान, थरुहट भन्दै आन्दोलन गर्नु वाईयात हो । हामीहरुबीच पूर्खौ देखि रही आएको सद्भाव खल्वलाउनु हो ।
त्यसैले हामी सुदुरपश्चिमवासी राज्यबाट सधै पिछडिएका छौं । यहाँको विकासका सम्बन्धमा काधमा काध र हातमा हात मिलाएर गएको खण्डमा राज्यले पनि केही हदसम्म भएपनि हाम्रा मागका बारेमा सुनुवाई गर्नेछ भन्ने मेरो आशा छ । जग वलियो भए घर वलियो हुन्छ भने झै हामी सुदुरपश्चिमवासी एक भएर निस्के पो हाम्रो ठाउँको विकास हुन सक्छ । हामी एक भयौ भने हाम्र्रो जमात ठूलो हुनेछ । त्यसका लागि हामी थारु र पहाडीबीचको बढ्न लागेको दुरीलाई घटाउनुपर्छ ।
थारु भएपनि पहाडी भएपनि त्यही पिछडीएको क्षेत्रमा बस्ने नागरिक हो । नकी यो क्षेत्रलाई थारुवान राज्य बनाउँदैमा यहाका थारु समुदायका नागरिकहरु एक्लैले केही गर्न सक्ने हुन् नकी यो क्षेत्रलाई अखण्ड राख्नुपर्ने भन्नेहरुले एक्लैले केही गर्न सक्ने हुन । यो क्षेत्रको विकास गर्नको लागि थारु समुदाय र पहाडी समुदाय मिल्नुपर्छ । अनि मात्र यो क्षेत्रको विकास सम्भव छ ।
थारु र पहाडी समुदायको घरको आगन जुधेको छ, खेतको आली जुधेको, वारीको कान्ला जुधेको, थारुका भान्सा पाकेको ढिक्री पहाडीले खाएको पहाडीका भान्छामा पाकेको बावर थारुले खाएको छ । थारुका माघी नाचमा पहाडी नाचेको पहाडीका देउडा खेलमा थारुले पैताल हानेर देउडा खेलेको छ ।
यसरी एक आपसमा भाईबन्धु भएर बसेका नागरिकहरु एक आपसमा लडाई झगडा गर्नु राम्रो होईन । झगडा गरे हाम्रो सत्यनास हुन्छ मिलेर बसे हाम्रै फलिफाप हुन्छ । यो कुरा सबैलाई चेतना भया ।
(साउद सामुदायिक रेडियो टीकापुर एफएममा कार्यरत पत्रकार हुन् ।)













प्रतिक्रिया