३० आश्विन २०८३, शुक्रबार

एनआरएन ताबुक क्षेत्रीय समिति साउदीको अध्यक्षमा बस्नेत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nrna-tabuk13702342_nसाउदी अरब, १८ भदौ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ताबुक क्षेत्रीय समन्वय समिति साउदी अरबको दोश्रो अधिबेशनले हेमन्त बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिबेशनले आगामी दुई वर्षे कार्यकालका लागि बस्नेतको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा अर्जुन थापा निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा बम बहादुर तामागङ, सचिवमा मनोज बराल, सह सचिवमा युवराज पोख्रेल र कोषाध्यक्षमा राजकुमार राई निर्बाचित भएका छन् ।

अधिबेशनले राजु खनाललाई समितिको प्रबक्तामा सर्वसम्मत निर्बाचित गरेको छ । यस्तै सदस्यहरुमा भुपेन्द्र लामा, खिमलाल ओली, सुर्य गदाल र देबी बहादुर कार्की चयन भएका छन् ।

अबिधेशनले समन्वय समितिको प्रमुख सल्लाहकारमा भक्त बहादुर हमाललाई चयन गरेको छ भने सल्लाहकारमा बद्री विमली र दुर्गा सापकोटालाई चयन गरेको छ ।