– विजय थापा
वाशिंगटन डिसी । ७ पटक विश्व किर्तिमान गरेका विश्व किर्तिमानधारी रोहित तिमिल्सिना ८ औ पटक विश्व किर्तिमान गर्ने तयारीमा छन् । र त्यसको लागि गृह कार्य गर्दै गरेको बताए ।
के मा ईतिहास रच्ने हो भन्ने जिज्ञासामा अहिले नै बेला नभएकोले सहि समयमा जानकारी गराउने उनले बताए । न्युयोर्कमा बसोबास गर्ने तिमिल्सिना कामको अतिरिक्त नेपालको गैर मुनाफा सामाजिक सस्था मदर जोय फाउन्डेसन (एनजीओ)मा संलग्न छन् ।
उनले अगाडी भने आफुले पहिले देखि नै विश्व किर्तिमान कायम गर्ने तर्फ लागे पनि सामाजिक सेवामा पनि उत्तिकै संलग्न छु तिमिल्सनाले भने ।
मदर जोय फाउन्डेसन (एनजीओ)को तर्फबाट न्युयोर्कको सयुक्त राष्ट्र संघको कार्यालयले आयोजना गरेको ३ दिने बैठकमा विश्वका ३ सय जना प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा संस्थाको तर्फबाट आफुले प्रतिनिधित्व गरि सहभागी हुन् पाउदा ज्यादै गौरान्वित भएको बताए ।
उक्त बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिशेष व्यक्तित्वहरु, प्रतिष्ठान तथा गैर मुनाफा संस्थाका प्रतिनिधि संग नेपालमा ध्वस्त भएका बिद्यालयका बारेमा निर्माण गरि दिन आग्रह गरेको र संस्थाको तर्फबाट लिखित प्रस्ताब पेस गरेको बताए ।
नेपालको बिद्यालय बनाउन अन्य संग कुराकानी भै रहेको र आफु सकारात्मक भएको तिमिल्सिनाले बताए । उनले भने मेरो काम किर्तिमान तोड्ने संगै समाज सेवा गर्ने भएकोले नेपालमा भूकम्पले धवस्त बनाएको बिद्यालय बनाउने पहल गरि रहेको बताए ।
बिश्व कीर्तिमानी तिमिल्सिना भन्छन नेपालका गैर मुनाफा संस्था, अमेरिकाका गैर मुनाफा संस्था, न्युजील्याण्डको गैर मुनाफा संस्था, पशुपतिनाथमा खाना तथा काठमाडौँको क्लबलाई पनि सहयोग गरेको बताए ।
नेपालको पहिचान गराउन आफुले बिभिन्न विश्व किर्तिमान बिगतमा तोडेको बताए । र ८ औ बिश्व किर्तिमान तोड्न आफुले कुनै कसर नछोड्ने जानकारी गराएका छन् ।
उनले यस अगाडी पहिलो २००८ मा टेनिस बल २१ वटा एक हातमा राखी १४ः३२ सेकन्ड राखेका थिए, दोस्रो बिश्वको सबै भन्दा लामो हस्त मिलाप (ह्यान्ड सेक) ३३ घण्टा ३ मिनेट थियो भने त्यो उनी र उनका भाइ सन्तोष तिमिल्सिनाले किर्तिमान कायम गरेका थिए । तेस्रो २४ वटा गल्फ बल २०११ मा १० सेकन्ड सम्म एक हातमा राखेर बिश्व किर्तिमान कायम गरेका थिए । यसरि ७ पटक उनले विश्व किर्तिमान कायम गरि सकेका छन् भने अब निकट भबिष्यमा ८ औ किर्तिमान कायम गर्ने भएका छन् ।















प्रतिक्रिया