बेल्जियम । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको सचिवमा अर्जुनकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएनएको आगामी अक्टोबर महिनामा हुन लागेको निर्वाचनमा केन्द्रिय सचिव पदमा बेल्जियम निवासी अर्जुन कुमार श्रेष्ठले उम्मेदवारी दिएका हुन् ।
एनआरएनमा लामो समयदेखि आवद्ध रहेका श्रेष्ठसँग संस्थागत कार्यमा निकै लामो अनुभव छ । नेपाल ब्यबसायिक संघ बेल्जियमको अध्यक्षको रुपमा कार्य सम्पन्न गरिसकेका श्रेष्ठले विगतमा लगातार दुई पदावधिसम्म एनआरएनए बेल्जियमको आइसीसी सदस्यको पदमा रहेर निकै राम्रा कामहरु गरिसकेका छन् ।
अहिले एनआरएन युरोप क्षेत्रीय संयोजकको रुपमा कार्यरत रहेका श्रेष्ठलाई उनको कार्य कौशलता र सबैसंग उनले देखाएको सहयोगी भावनाकै कारण गत केन्द्रिय अधिवेशन ताकानै केन्द्रिय भूमिकामा आउनुपर्ने ठूलो दवाव आएको थियो । तर त्यसबेला केन्द्रिय तहमाभन्दा क्षेत्रीय तहमै रहेर काम गर्ने सोच बनाएका उनले युरोप क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिएका थिए र बिजयी पनि भए ।
‘‘सामाजिक एकता र नेपालको समग्र बिकासमा एनआरएनको भूमिका अझ उच्च हुनुपर्दछ भन्ने मान्यताबाट हामी तमाम एनआरएनहरु अघि बढेका छौं । यसका लागि संस्थागत रुपमा हामीले निकै ठूलो प्रत्यन पनि गरेका छौं, जुन जगजाहेर छ । तर अझै हामीले निकै गर्न बाँकी छ, त्यसको लागि हामी अझ सकृय भएर जुट्नुपर्ने भएको छ’ श्रेष्ठले भने ।
कर्मभूमि बेल्जियममा रहेर पनि युरोप र अन्य महादेशहरुमा समेत पुगेर त्यहाको जनजीवनसंग सामिप्यता राख्दै सेवा सेवारत श्रेष्ठको उम्मेदवारीलाई धेरैले स्वागत गरेका छन् ।















प्रतिक्रिया