वाशिंगटन डिसी । गैर आवासीय नेपाली संघको आगामी अक्टोबरमा काठमाडौंमा हुने विश्व सम्मेलनमा सन् २०१५/२०१७ को अन्तर्राष्ट्रिय कार्यसमितिको लागि अफ्रिका क्षेत्रीय संयोजक हिक्मत थापाले कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारीको घोषणा गरेका छन् ।
एनआरएनए नाइजेरियाका सस्थापक अध्यक्ष थापा यसअघि दुई कार्यकाल अफ्रिकाको क्षेत्रीय संयोजक रही सकेका छन् ।
अफ्रीका महादेशमा एनआरएनएको बिस्तारमा थापाले महत्वपूर्ण भूभिका खेलेका छन् ।
थापा एन आरएनएका विभिन्न समिति, उपसमिति र कल्याणकारी परियोजनाहरुमा समेत सदस्य रही सक्रिय योगदान दिई रहेका छन् ।
बिषेशत अफ्रिकी मुलुकहरुमा दुःख पाएका नेपालीहरुको उद्दार कार्य र अफ्रीकाबाट नेपालमा कल्याणकारी र मानवीय सहयोग संयोजन गरी पठाउनमा थापाको योगदान रहेको छ । सन् २००७ देखि एनआरएनए अभियानमा थापा सक्रिय छन् ।
थापाले एनआरएनएलाई बैदेशिक रोजगारमा रहेका नेपालीहरुका समस्यामाथि बढी केद्रित र उनीहरुको सहभागिता बढाउनेतर्फ सहज गर्न पहल गर्ने, नेपालमा बैदेशिक लगानी भित्र्याउन एनआरएनएलार्इ सस्थागत सहजीकरण केन्द्रको रुपमा बिकसित गर्नेतर्फ आफ्नो प्रयास रहने बताए ।
पुर्खौली घर सुदूरपश्चिमको अछाम जिल्लाका थापा टीकापुरमा निवासी हुन् । धरान हात्तिसारबाट खाध्य प्रबिधि मा (बिटेक) गरेका थापा ९ वर्षदेखि अफ्रीकाको सबैभन्दा ठूलो ब्यबसाय तथा उद्योग डनगोटे समुहका महाप्रबन्धक छन् ।















प्रतिक्रिया