३० आश्विन २०८३, शुक्रबार

एनआरएनए जापानको उपाध्यक्षमा देवीलालको उम्मेदवारी घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Japan-ko-Daiटोक्यो । प्रबासी नेपालीहरुको साझा संस्था एनआरएनएको आगामी (२०१५/२०१७) कार्यकालको लागि जापानमा रहेका नेपालीहरु अहिले अधिबेशन र नयाँ कार्यसमिति निर्माणमा लागिपरेका छन् ।

एनआरएनए जापानको अधिबेशन अगस्ट ३० मा भैसकेको अबस्थामा । सेप्टेम्बर १ तारिखमा अन्तिम उम्मेदवारी प्रकाशन गरिएको छ ।

जसमा आगामी कार्यकालको लागि निर्बाचन सेप्टेम्बर ६ तोकिएको अबस्था छ। विगत लामो समयदेखि जापानमा व्यवसाय चलाउनु भएका देवीलाल भण्डारीले एनआरएनए जापानको उपाध्यक्षमा एक दृण उम्मेदवारी रूपमा आफुलाई प्रस्तुत गर्नुभएको छ ।

जापानमा नेपालीहरूको हरेक समस्यामा सहयोग गर्दै आउँनुभएका भण्डारी सबैको मानशपटलमा छाईरहनुभएको छ ।

स्याङ्जामा जन्मनु भएका भण्डारीले जापानमा रेष्टुरेण्ट व्यवसाय चलाउनु भएको छ भने नेपालमा पनि होटल, हाईड्रोपावर, शिक्षा क्षेत्रमा लगानी गर्नु भएको छ ।

जापानका सम्पूर्ण नेपालीबीच परिचित रहनुभएका देविलाल भण्डारीले कुरो भन्दा काम गनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ ।

एनआरएनए जापानलाई सबै जापानबासी नेपालीहरुकोे साझा संस्थाको रुपमा बिकास गर्नपर्न्, जापानमा रहेका नेपालीहरुकावीच भातृत्वको भावना विकास गर्दै संस्थालाई अगाडि बढाउनुपर्ने, संस्थामा मजदुर, व्यवसायी, बौद्धिकवर्ग सबैको सहभागिता बढाउँदै सबै नेपालीको साझा एनआरएनए र सबैको सहभागिता बढाउन सक्नु एनआरएनए बनाउनुपर्ने उद्धेश्यका साथ एनआरएनए जापानको उपाध्यक्षमा पदमा उम्मेदवारी दर्ता गर्नु भएको छ।

आगामी सेप्टेम्बर ६ मा हुने निर्बाचन सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूले सहयोग गरि उपाध्यक्षमा बिजयी गरिदिनुहुन अनुरोध गर्नुभएको छ।