काठमाडौं । रक्सीले मात्तिएर महिलामाथि अश्लिल व्यवहार गर्दा मन्त्रीपद गुमाएका कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीलाई अब एमालेले कारबाही गर्ने भएको छ।
दिउसै रक्सीले मात्तिएर सार्वजनिक समारोहमा महिलालाई लखेटी लखेटी दुव्यर्वहार गरेको भिडियो तथा तस्वीर सार्वजनिक भएपछि सबै तहबाट व्यापक आलोचना भएपछि मन्त्री पराजुलीलाई एमालेले राजीनामा गर्न लगाएको थियो । मन्त्री पदबाट बाहिर रहेर पनि आफ्नो निजी सचिव गोकर्ण शर्मा आचार्य र ज्वाई हेमचन्द्र पोखरेलका सहयोगमा उनले आफ्ना साडुभाई बामदेव गौतमको क्वाटरबाटै मन्त्रालयको सबै सेटिङ मिलाउँदै आएका थिए ।
तर, बामदेव नै साडुदाइसँग दिक्क भएपछि ज्वाइकोसमेत अब बिचल्ली हुने भएको छ । उनले राजीनामा दिएपछि एमालेले अर्को व्यक्तिलाई मन्त्री नियुक्ति गर्ने तयारी गरेको थियो । तर, उनले मैले बिस्कुन सुकाएर आएको छु, उठाउन बाँकी छ भन्दै मन्त्री नपठाउन बामदेवसँग आग्रह गरेका थिए । हाल उनी आफ्ना सहयोगीलाई मन्त्रालयको निगरानीको जिम्मा लगाई चितवनतिर लागेका छन् । आजको जनादेश साप्ताहिकमा खबर छ















प्रतिक्रिया