काठमाडौं, १५ भदौ । अहिले मन्त्री लालबाबु पण्डित हिरो भएका छन् । राम्रो काम गर्ने मन्त्रीको नाम लिन पर्दा सबैले लालुकै नाम लिन्छन् । विदेशी पिआरधारीले सरकारी जागिर खान नपाउने विधयेक उनले पारित गर्दा प्रधानमन्त्री सुशील कोइराला पनि दंग परेका थिए ।
पछिल्लोपटक मन्त्री पण्डितले आफ्नो त्यो निर्णयले बालुवाटारमा भूकम्प गएको छ भनेर के मात्रै भाषण गरेका थिए त्यसपछि कोइराला झस्किए । बुझ्दै जाँदा त प्रधानमन्त्री वरपर रहेका मृदुला कोइराला, प्रभा भण्डारी र रमेश भण्डारी नै पिआरधारी रहेछन् । यो कुरा सुनेर अतुल कोइराला पेट मिचिमिची हाँसे । दृष्टि साप्ताहिकमा खबर छ ।















प्रतिक्रिया