३० आश्विन २०८३, शुक्रबार

अमेरिकाको टेक्सासमा नेपालीले बनाए मन्दिर, कार्यसमितिको सपथ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

amrica-mandir
– विकासराज न्यौपाने
अमेरिका । नेपाली सांस्कृतिक तथा आध्यात्मिक  केन्द्र (NCSC) नेपालीहरु द्वारा टेक्सासमा निर्मित आफ्नै भवन तथा मन्दिर हो ।
झन्डै ८ बर्ष अघि तत्कालिन नेपाली समाजका अध्यक्ष गौरी जोशी अध्यक्ष भएको बेला शुरु भएको यो यात्रा ले टुंगो पाएको छ। गत अप्रिल १८ मा ट्रस्टी बोर्ड र गत हप्ता कार्यकारिणी समितिको गरि यस संस्थाका दुइ छुट्टा छुट्टै निर्वाचन सम्पन्न भएका थिए।
ट्रस्टी बोर्डमा अध्यक्षमा डा मुरली अधिकारी तथा उपाध्यक्ष विकल ढकाल निर्बिरोध निर्वाचित हुनु भएको थियो भने अर्का एक उपाध्यक्ष, महासचिब, सचिब लगायत सदस्यमा नोमिनेसन नै परेन। आज तिनै २ पदाधिकारी लाई सपथ ग्रहण गरियो। अब यस दुइ सदस्यले यथाशिघ्र बाँकी रिक्त पदपूर्ति गर्ने छ।
amrica-temaple-1त्यसै गरि आजै सोही समारोहमा कार्यकारिणी समिति लाई पनि सपथ ग्रहण गरियो। कार्यकारिणी समितिमा रमेश पोखरेल अध्यक्ष, सीता सापकोटा तथा इन्दिरा भुषाल उपाध्यक्ष, कृष्ण भण्डारी सचिब, मकर बज्राचार्य, राम गमाल तथा सुजित पोखरेल ले सदस्यको सपथ ग्रहण गर्नुभयो। उहाहरु सबै निर्बिरोध निर्वाचित हुनुभएको हो। महासचिब, कोषाध्यक्ष, स-कोषाध्यक्ष तथा २ सदस्यको रिक्त पद यस कार्यकारिणी समितिले यथाशिघ्र बाँकी रिक्त पदपूर्ति गर्ने छ।
यसरी ड्यालसमा पहिलो पटक एउटा संस्थाका ट्रस्टी बोर्ड तथा कार्यकारिणी समिति अपुरो बनेको हो।  दुवै सफत ग्रहणमा हिन्दु धर्मग्रन्थ श्रीमदभागवत गीता लाई छोएर सपथ ग्रहण गराइएको थियो।
कार्यक्रममा ट्रस्टी बोर्ड निर्वाचन कमिटिका सदस्यहरु बैकुण्ठ थापा, राम पोख्रेल तथा डा. प्रेम अधिकारी तथा कार्यकारिणी समिति निर्वाचन कमिटिका सदस्यहरु निरज श्रेष्ठ, भानु खरेल, मोहन अधिकारी र विकल ढकालको उपस्थिति रहेको थियो।  दुवै निर्वाचन कमिटिले पदको प्रमाण पत्र  समेत वितरण गरेको थियो।
कार्यक्रममा नेपाली समाजका पुर्ब अध्यक्ष गौरी जोशी, वर्तमान उपध्यक्ष तारा भुषाल, महासचिब विजयराज भट्टराई लगायत अन्य सदस्यहरु कृष्ण लामिछाने, सुबर्ण पोखरेलको पनि उपस्थिति रहेको थियो। त्यसै गरि (NRN) टेक्सास च्याप्टर अध्यक्ष उत्तम लामिछाने, (UNCON) का प्रकाश गौतम लगायत झन्डै ५० जनाको उपस्थिति रहेको थियो।
यसै सन्धर्बमा समाज सेबी कपिल अधिकारी, गौरी जोशी, उत्तम लामिछाने, कृष्ण लामिछाने, प्रकाश गौतम, सरोज जोशी लगाएत विभिन्न व्यक्तित्वहरुहरुले मिडिया संगको कुराकानीमा समाजमा हाम्रा मान्छे भन्दा नि राम्रा मान्छेको आवश्यक पर्दछ । मन्दिर जस्तो गरिमाय पदमा सबैलाई समाटेर लैजान सक्नु पर्छ, बोर्ड अफ ट्रस्टीको मिटीङ् बसी कानुनीबिद अनुसार वाकीरहेका पदहरु फुलफिल गर्नु पर्छ । समाजमा हिजोका दिनहरुमा मन्दिरलाई सहयोग गर्ने जस्ता व्यक्तिहरुलाई सकेसम्म छुटाहुनु हुदैन । बोर्ड अफ ट्रस्टी र कार्यकारिणी समितिले अबका दिनहरुमा प्रोग्राम बनाएर आर्थिक संकलन कसरी गर्ने जस्ता कुराहरुमा ध्यान दिनुपर्छ ।