५ कार्तिक २०८३, बिहिबार

मधेशमा आन्दोलन सशक्त हुन नसकेपछि शीर्ष नेताहरू सशस्त्र समूहसँग भेट्दै, भारतीय नेतासँग पनि गुहार मागियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

upendra-yadavकाठमाडौं, १४ भदौ । संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव भदौं ७ मा झापा, विर्तामोडको सभालाई सम्बोधन गरेलगत्तै काँकडभिट्टा हान्निए ।

सीमावर्ती सहर काँकडभित्ता पुगेपछि उनले गाडी र सरकारले सुरक्षामा खटाएको पिएसओ यतै छाडे र सीमापारी गए ।

सद्भावनाका केन्द्रीय सदस्य किशोरदयाल मिश्र र रविदत्त मिश्र ४० जनाको टोलीसहित भारतको बुटबंगला पुगे र उत्तर प्रदेश विधान सभाका सभामुख माताप्रसाद पाण्डेलाई तराईमा जारी आन्दोलन सघाउन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको समाचार नागरिक दैनिकले छापेको छ ।

भदौ पहिलो साता सभासद अभिषेकप्रताप साह, तमलोपाका बृजेशकुमार गुप्ता, सदभावनाका नरसिंह चौधरी सिद्धार्थनगर गएर उत्तरप्रदेशका भारतीय जनता पार्टीका लोकसभा सदस्य जगदम्बिका पालसँग भेटेर फर्किए ।

स्रोतको पहिलो साता फोरम र सद्भावना पार्टीका नेता भारतीय सीमावर्ती क्षेत्र पुगेर जयकृष्ण गोइत र भगत सिंहसँग भेटेर आन्दोलनबारे छलफल गरेका थिए ।